आलोक भाबुक भुकम्प मंगलबार, भाद्र १६, २०८३

दाङ । रसुवाको भोटेकोशीमा गत हप्ताको बुधबार आएको विनाशकारी बाढी तथा विपदजन्य घटनाबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि राजपुर गाउँपालिकाले १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको राजपुर गाउँकार्यपालिकाको बैठकले आ.व. २०८३/०८४ का लागि स्वीकृत वार्षिक बजेट तथा कार्यक्रम अन्तर्गत “विपदजन्य घटनाबाट सिर्जित समस्याको व्यवस्थापन”शीर्षकबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहायता रकम प्रदान गर्ने निर्णय गरेको हो ।

त्यस्तै,बैठकले भोटेकोशी बाढी तथा अन्य विपदजन्य घटनामा परी ज्यान गुमाएका सम्पूर्ण मृतकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ । साथै,घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सम्पर्कविहीन रहेका नागरिकहरुको छिटोभन्दा छिटो सकुशल उद्धारको अपेक्षा समेत गरेको छ ।

सम्पर्कविहीन नागरिकहरुको खोजी,उद्धार तथा राहतका लागि सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्ने निर्णय समेत गाउँकार्यपालिकाले गरेको छ । विपदको यस कठिन घडीमा पीडित परिवारलाई सहयोग पुर्‍याउने उद्देश्यले राजपुर गाउँपालिकाले उद्धार कोषमा आर्थिक सहयोग गर्ने निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]