ओमप्रकाश गुप्ता सोमबार, भाद्र १५, २०८३

दाङ । देउखुरीको राप्ती गाउँपालिकामा लुम्बिनी पुस्तकालय तथा अनुसन्धान केन्द्र गठन गरिएको छ । १९ औँ राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा सोमबार आयोजित भेलाले गणेश आचार्यको अध्यक्षतामा दुई सदस्य पछि थप गर्ने गरी १९ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा प्रकाश शाही,महासचिवमा जगतप्रसाद पोख्रेल र कोषाध्यक्षमा डिलाराम पौडेल चयन हुनुभएको छ । सदस्यहरुमा तुला गिरी, डिल्लीराम सुवेदी,विष्णु बेल्बासे,किरण भण्डारी, कृष्ण पोख्रेल,केशवराज आचार्य,विष्णुप्रसाद पोख्रेल,रामकृष्ण पौडेल,जिवराज शर्मा,ओमप्रकाश गुप्ता,कृष्णबहादुर बुढा मगर,चन्द्रप्रकाश ओली र बसन्त पुनमगर रहेका छन् । सहसचिव र एक सदस्य भने पछि थप गरिने जनाइएको छ ।

त्यस्तै भेलाले राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टलाई केन्द्रको संरक्षक चयन गरेको छ । युवराज भण्डारी,रमेशमान गुरुङ,कृष्ण गिरी र रामप्रसाद चौधरीलाई सल्लाहकार चयन गरिएको छ । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा सम्पन्न भेलामा शिक्षक,प्राध्यापक,बुद्धिजीवी, साहित्यकार,पत्रकार तथा पुस्तकप्रेमीहरुको सहभागिता रहेको थियो ।

साे अवसरमा बोल्दै अध्यक्ष विष्टले पुस्तकालयलाई अध्ययन,अनुसन्धान र ज्ञान आदानप्रदानको केन्द्रका रुपमा विकास गर्नुपर्ने बताए । उनले पठन संस्कृतिको विकाससँगै स्थानीय इतिहास,कला, संस्कृति र ज्ञानको संरक्षण तथा अनुसन्धानमा केन्द्रले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

भेलाले संस्थाको विधान तयार गरी संस्था दर्ताको प्रक्रिया अघि बढाउने जिम्मेवारी केन्द्रका अध्यक्ष गणेश आचार्यलाई दिएको छ । केन्द्रको कार्यालय राप्ती गाउँपालिका–३ मा रहने निर्णय समेत गरिएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]