शिबराज पन्थी/सिधा-पत्र कर्मी सोमबार, भाद्र १५, २०८३

दाङ । रसुवाको भोटेकोशी र त्रीशुलिमा गत हप्ताको बुधबार आएको आकस्मिक र अकल्पनिय बाढिबाट भएको क्षतिमा परेका परिवारको उद्दार राहात, पुनर्स्थापनाका लागि गढवा गाउपालिकाले ५ लाख सहयोग प्रधान्मन्त्री विपद राहातसोषमा पठाउने निर्णय गरेको छ । बाढिका कारण ज्यान गुमाएका परिवारप्रती श्रदान्जली अर्पण गर्दै घाइतेहरुको स्वास्थ्य लाभको कामना समेत गरेको छ ।

गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा सोमवार बसेको विपद ब्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो । विपदमा परेर बेपत्ता भएका परिवारलाइ आवश्यक राहात सहयोग गर्ने र घटना स्थलको स्थलगत समन्वयमा सहयोग गर्ने पनि निर्णय भएको पालिकाले जनाएको छ ।

यसैगरी मनसुन सक्रिय रहेको हुदा मनसुनजन्य बिपत्तिहरुको सम्भावित विपद जोखिम न्यूनिकरण गर्न र बिपद प्रतिकार्यका लागि छोटो प्रक्रियाबाट तत्काल ड्रोन खरिद गर्ने,सुरक्षा निकायलाइ आवश्यक बिपद प्रतिकार्य सामाग्री उपलब्ध गराउने र इलाका प्रहरी कार्यालय बाहिर विपद जन्य डिजिटल सुचना बोर्ड राख्ने निर्णय समेत गरेको फोकल पर्सन शेषमणी पौडेलले जानकारी दिए ।

त्यस्तै,मनसुन जन्य विपत जोखिम न्यूनिकरणका लागि पालिकाका विभिन्न खहरे खोलाहरुमा जम्मा भएको गेगरान हटाउने समितिको बैटकबाट निर्णय भएको बताइएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]