Sidha Patra शनिबार, भाद्र १३, २०८३

काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले शनिबार विभिन्न नदी तथा खोलामा पानीको बहाव बढेकाले आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाका अनुसार दिउँसो २:३५ बजे कपिलवस्तुको वनगङ्गा भगवानपुर जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ। वनगङ्गा खोला आसपास तथा डुबान भइरहने क्षेत्रका बासिन्दालाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको हो।

त्यस्तै, दिउँसो २:३० बजे जारी सूचनामा कञ्चनपुर, बाँके, मोरङलगायत आसपासका क्षेत्रमा पछिल्लो तीन घण्टामा मध्यमदेखि भारी वर्षा भइरहेको जनाइएको छ। ती क्षेत्रमा थप वर्षाको सम्भावना रहेकाले लोहनदरा, डुडुवा खोला लगायत साना–ठूला खोलामा आकस्मिक बहाव बढ्न सक्ने महाशाखाले जनाएको छ।

सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै नदी तथा खोलाको तटीय क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]