
Asbus
Rgp
Ggp
Ksbus
Ksbus
Msbus
Sdc
Lnp
Ggp


काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल–चीन सीमा क्षेत्रमा यस साता आएको विनाशकारी बाढी तथा पहिरोबाट भएको क्षतिको पुनर्निर्माणका लागि नेपाललाई प्रारम्भिक रूपमा ४ देखि ५ अर्ब अमेरिकी डलर आवश्यक पर्ने बताएका छन्।
शनिबार रोयटर्ससँग कुरा गर्दै अर्थमन्त्री वाग्लेले पुनर्निर्माणका लागि ४–५ अर्ब अमेरिकी डलर अर्थात् करिब ५ खर्ब ३२ अर्बदेखि ६ खर्ब ६५ अर्ब नेपाली रुपैयाँ आवश्यक पर्ने प्रारम्भिक अनुमान रहेको बताएका हुन्।
उनले उक्त रकम प्रारम्भिक अनुमान मात्रै भएको र बाढी तथा पहिरोबाट भएको क्षति र नोक्सानीको विस्तृत मूल्याङ्कन भइरहेको स्पष्ट पारे।
बाढी तथा पहिरोले सीमा क्षेत्रसहित विभिन्न जिल्लामा घर, सडक, पुल, पूर्वाधार तथा अन्य संरचनामा ठूलो क्षति पुर्याएको छ। सरकारले उद्धार तथा राहतसँगै क्षतिको मूल्याङ्कन र पुनर्निर्माणका लागि आवश्यक स्रोत तथा योजनाको पहिचान गर्ने काम अघि बढाएको छ। स्रोत: रातोपाटी
