
Asbus
Ksbus
Rgp
Ggp
Msbus
Ggp
Ksbus
Sdc
Lnp


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई लाख घुस रकम सहित विद्यालय व्यवस्थापन समितिका सदस्यलाई पक्राउ गरेको छ ।
कैलालीको गौरीगंगा-४ स्थित कालिका माध्यमिक विद्यालयको व्यवस्थापन समिति सदस्य देवबहादुर बमलाई घुससहित पक्राउ गरिएको आयोगले जनाएको छ ।
त्यस्तै,बढेको सेवा सुविधा र पारिश्रमिक माग्दा घुस मागेको उजुरीका आधारमा अख्तियारको कञ्चनपुरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । विशेष अदालतमा बमविरुद्ध भ्रष्टाचार सम्बन्धी मुद्दा दायर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।
