
Asbus
Sdc
Ksbus
Rgp
Lnp
Msbus
Ksbus
Ggp
Ggp


दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर १, माथिल्लो भालुवाङ स्थित पेट्रोल पम्प नजिकै यात्रुबाहक ईभी गाडीले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
भालुवाङ–प्युठान पक्की सडकखण्डमा भालुवाङबाट प्युठानतर्फ जाँदै गरेको जिल्ला प्युठान, स्वर्गद्वारी नगरपालिका–२ निवासी २२ वर्षीय लक्ष्मण पुनले चलाएको लु.प्र.०२–००१ ज ०१०८ नम्बरको ईभी गाडीले लापेबाट भालुवाङतर्फ आउँदै गरेको रा.४ प ५८३६ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो ।
स्कुटर अर्घाखाँचीको सितगंगा नगरपालिका–८, लापे निवासी २० वर्षीय अभिषेक कुमालले चलाएका थिए । दुर्घटनामा स्कुटरको पछाडि सवार सोही स्थानकी ३२ वर्षीया सम्झना केसी गम्भीर घाइते भएकी थिइन् । घाइते केसीलाई उपचारका लागि भालुवाङ अस्पताल, दाङ लगिएकोमा उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन्। दुर्घटनामा स्कुटर चालक अभिषेक कुमाल घाइते भएको जनाइएको छ ।
त्यस्तै,दुर्घटनामा संलग्न ईभी गाडी, स्कुटर तथा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
