Sidha Patra बिहिबार, भाद्र ०४, २०८३

काठमाडौं । नेपाली बजारमा आज बिहीबार सुनचाँदीको मूल्य ह्वातै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९ हजार ३ सय रुपैयाँले बढेको हो ।

जस अनुसार सुनको मूल्य आज ३ लाख १३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार ३ लाख ४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै,आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला २६० रुपैयाँले बढेको हो । जसअनुसार चाँदी पनि आज २६० रुपैयाँले बढेर ४ हजार ८५५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार ४ हजार ५९५ रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार हालसम्म नेपाली बजारमा सुनको सबैभन्दा उच्च मूल्य ३ लाख ३९ हजार ३ सय रुपैयाँ र चाँदीको उच्च मूल्य ७ हजार ५०५ रुपैयाँ प्रतितोला पुगेको रेकर्ड छ । गएको माघ १५ गते सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो । नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो ।

यस्तै चाँदीको मूल्य पनि तोलाको सात हजार ५०५ रुपैयाँ पुगेको थियो । उक्त मूल्य नेपाली बजारमा हालसम्मकै सबैभन्दा उच्च हो । अन्तर्राष्ट्रिय बजारको प्रभावका कारण नेपालमा सुनको मूल्यमा दैनिक उतारचढाव भइरहन्छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]