
Ggp
Ggp
Asbus
Lnp
Ksbus
Sdc
Ksbus
Msbus
Rgp


काठमाडौँ । प्रहरीले काठमाडौँको लैनचौरमा कौडा खेल्दै गरेका १६ जनालाई पक्राउ गरेको छ ।
मंगलबार आज काठमाडौं महानगरपालिका वडा नम्बर २७ मा सञ्चालित गाउँवेशी थकाली भान्साघरबाट कौडा खेल्नेहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दान बहादुर थापाले बताए । प्रहरी वृत्त दरबारमार्गबाट खटिएको टोलीले जुवा खालबाट १६ थान कौडा र १३ लाख १७ हजार नगद बरामद गरेको छ ।
त्यस्तै,पक्राउ पर्नेमा काभ्रे घर भएका ४२ वर्षीय रेशम बहादुर घ्यावा, सिन्धुपाल्चोक घर भएका ३१ वर्षीय सुमन गिरी, दोलखा घर भएका ४५ वर्षीया हेमा गुरुङ, चितवन घर भएकी ४० वर्षीया शान्ता लामा, काभ्रेका ४० वर्षीय नवराज नेपाल, ३८ वर्षीय अमर तामाङ र नुवाकोट घर भएका ४० वर्षीय रमन लामा छन् । प्रहरीले गाउँबेसी थकालीका सञ्चालक नुवाकोट घर भएका ३४ वर्षीय सुजन तामाङलाई पनि पक्राउ गरेको छ ।
यस्तै,नुवाकोट घर भएका ३७ वर्षीय नविन कुमार लामा, ३३ वर्षीय सन्तोष डंगोल, झापा घर भएका ४३ वर्षीय टीकाराम बराल,ललितपुरका ४८ वर्षीय उमेश चौधरी,नुवाकोटका मंगल बहादुर तामाङ, ३९ वर्षीय चित्र बहादुर लामा,सिन्धुपाल्चोका ३५ वर्षीय सरोज गिरी र सिन्धुपाल्चोककै यसबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ । आरोपीहरु माथि प्रहरी वृत्त दरबारमार्गले अनुसन्धान गरिरहेको जनाएको छ । रातोपाटी
