Sidha Patra शनिबार, साउन २३, २०८३

दाङ । लुम्बिनी प्रदेश सरकारले स्थापनाकालदेखि नै पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राख्दै सडक,पुल तथा यातायात सञ्जाल विस्तारलाई तीब्रता दिएको छ ।

प्रदेश सरकार गठन भएयता सडक पूर्वाधार निर्माणमा उल्लेख्य प्रगति हासिल भएको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । प्रदेशका विभिन्न स्थानमा नयाँ सडक निर्माण, सडक विस्तार, ग्राभेल, कालोपत्रे, पुल तथा अन्य संरचना निर्माणका कामले प्रदेशको आर्थिक तथा सामाजिक विकासमा सहयोग पुगेको हो ।

प्रदेश सरकार स्थापना भएदेखि आर्थिक वर्ष २०८२÷०८३ सम्मको अवधिमा ७ सय ८५ किलोमिटर नयाँ ट्रयाक निर्माण भएको छ । यस अवधिमा २ हजार ३७ किलोमिटर सडक विस्तार गरिएको छ भने १ हजार ८ सय २६ किलोमिटर सडक ग्राभेल गरिएको छ । प्रदेशभर १ हजार ४ सय किलोमिटर सडक कालोपत्रे सम्पन्न भएको प्रदेश सरकारको तथ्यांक छ ।

यस्तै,सडक पूर्वाधारलाई सुरक्षित र सहज बनाउन ६ हजार ३ सय ७६ वटा कल्भर्ट तथा कजवे निर्माण भएका छन् । ढलान गरी १ सय ४७ किलोमिटर सडक पक्की बनाइएको छ । यस अवधिमा २ सय १० वटा सडक पुल र ७८ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएका छन् । यी पूर्वाधारले ग्रामीण क्षेत्रलाई बजारसँग जोड्नुका साथै नागरिकको आवतजावत सहज बनाएको छ । पछिल्लो दुई आर्थिक वर्षमा मात्रै प्रदेश सरकारले पूर्वाधार क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ ।

आर्थिक वर्ष २०८१÷०८२ र २०८२÷०८३ मा गरी १ सय ६५ किलोमिटर नयाँ ट्रयाक निर्माण भएको छ । २ सय ९२ किलोमिटर सडक विस्तार, २ सय ९४ किलोमिटर सडक ग्राभेल तथा २ सय ७० किलोमिटर सडक कालोपत्रे गरिएको छ । सो अवधिमा १ हजार ३ सय ४८ वटा कल्भर्ट तथा कजवे निर्माण भएका छन् भने ७४ किलोमिटर सडक ढलान गरी पक्की बनाइएको छ । साथै ७० वटा सडक पुल र २८ वटा झोलुङ्गे पुल निर्माण भएका छन् ।

त्यस्तै,प्रदेश सरकारले पूर्वाधार विकासलाई केवल संरचना निर्माणको विषय नभई आर्थिक समृद्धि र जनजीवनसँग जोडिएको आधारका रुपमा लिएको छ । सडक विस्तारसँगै कृषि उत्पादनको बजार पहुँच, पर्यटन प्रवद्र्धन, उद्योग व्यवसाय विस्तार र रोजगारी सिर्जनामा समेत सहयोग पुग्ने विश्वास प्रदेश सरकारको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले निर्माण गर्ने सडक तथा अन्य पूर्वाधार दिगो, गुणस्तरीय र नागरिकले लामो समयसम्म उपयोग गर्न सक्ने खालको हुनुपर्ने बताउँदै आएका छन् ।

पूर्वाधार निर्माणमा तत्कालको आवश्यकता मात्र नभई भविष्यको आवश्यकतालाई समेत ध्यान दिनुपर्ने उनको जोड छ । ‘विकासका नाममा संरचना निर्माण गर्ने होइन, नागरिकले अनुभूति गर्ने र लामो समयसम्म टिक्ने पूर्वाधार निर्माण गर्नुपर्छ’– मुख्यमन्त्री आचार्यले भने–‘एक वर्षपनि नटिक्ने पूर्वाधार बनाउने होइन, गुणस्तरीय र दिगो विकास हामी सबैको चाहना हो ।’

भौतिक पूर्वाधार विकास मन्त्री रत्नबहादुर खत्रीले पूर्वाधार विकासलाई तीब्र गतिमा अघि बढाउँदै गुणस्तरमा कुनै सम्झौता नगरिने बताएका छन् । निर्माण भएका सडक, पुल तथा अन्य संरचनाको प्रभावकारिता र दीर्घकालीन उपयोगितालाई ध्यान दिदै प्राविधिक मापदण्डअनुसार काम अघि बढाइने उनको भनाइ छ । ‘पूर्वाधारको गुणस्तरमा कुनै पनि सम्झौता स्वीकार्य छैन’–उनले भने– ‘गुणस्तरीय निर्माणनै प्रमुख प्राथमिकता हो ।’ प्रदेश सरकारले आगामी दिनमा पनि सडक सञ्जाल विस्तार, रणनीतिक सडक निर्माण,पुल निर्माण तथा पूर्वाधारको गुणस्तर सुधारलाई प्राथमिकतामा राखेर काम गर्ने जनाएको छ ।

त्यस्तै,पूर्वाधार विकासलाई प्रदेशको समृद्धिको आधारका रुपमा अघि बढाउँदै लुम्बिनीलाई आर्थिक, सामाजिक र पर्यटकीय दृष्टिले थप सबल बनाउने लक्ष्य प्रदेश सरकारको रहेको छ ।नयाँयुगबोध

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]