Sidha Patra मंगलबार, साउन १९, २०८३

बागलुङ । खाना पकाउने ग्यास सिलिन्डर कालोबजारी गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पिकअप भ्यानसहित पक्राउ गरेको छ ।

बागलुङ नगरपालिका वडा नम्बर १ रामरेखा स्थित सडकमा बागलुङ नगरपालिका वडा नम्बर १३ बस्ने ४३ वर्षीय भूपति जैसीले पिकअप भ्यानमा गृहलक्ष्मी लेखिएको एलपीजी खाना पकाउने ग्यास सिलिन्डर बढी मूल्य लिई लुकाइछिपाई सर्वसाधारणलाई बेचबिखन गरिरहेको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।

त्यस्तै,उक्त पिकअप भ्यानलाई रोकी जाँच गर्दा ४१ थान गृहलक्ष्मी लेखिएको भरी ग्यास सिलिन्डर र १९ थान बेचबिखन भइसकेका खाली ग्यास सिलिन्डर फेला पारिएको थियो । प्रहरीले जैसीलाई पिकअप भ्यानसहित नियन्त्रणमा लिएको छ ।

यस्तै,जिल्ला प्रशासन कार्यालय बागलुङबाट कालाबजारी सम्बन्धी कसूरमा ७ दिनको म्याद थप अनुमति लिई उनीमाथि आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]