Sidha Patra मंगलबार, साउन १९, २०८३

काठमाडौँ । नेपाल आयल निगमले ग्यासको पर्याप्त मौज्दात रहेको भन्दै उपभोक्तालाई अनावश्यक रूपमा ग्यास भण्डारण नगर्न तथा नआत्तिन आग्रह गरेको छ ।

बजारमा एलपी ग्यासको बढ्दो मागलाई मध्यनजर गर्दै आपूर्ति व्यवस्थालाई थप सहज, व्यवस्थित र प्रभावकारी बनाउन निगमले पहल गरिरहेकाे जनाउँदै उपभाेक्तालाई यस्ताे आग्रह गरेकाे हाे ।

निगमले जारी गरेको प्रेस विज्ञप्तिअनुसार साउन १ गतेदेखि १८ गतेसम्म कुल ३१ हजार ८१६ मेट्रिक टन एलपी ग्यास आयात भइसकेको छ। वर्तमान आकस्मिक मागलाई ध्यानमा राख्दै ग्यास आयातको परिमाणसमेत बढाइएको निगमले जनाएको छ।

त्यस्तै,काठमाडौँ उपत्यकामा बढ्दो मागलाई सम्बोधन गर्न निगमले साउन १६ गतेदेखि टेकुस्थित आफ्नो कार्यालयबाटै विभिन्न ब्रान्डका एलपी ग्यास सिलिन्डर वितरण सुरु गरेको छ। टेकुबाट नेपाल ग्यास, एचपी ग्यास, एभरेस्ट ग्यास, सुगम ग्यास र श्रीराम ग्यासका सिलिन्डर उपलब्ध गराइएको निगमले जनाएको छ ।

यसैगरी,विभिन्न एलपी ग्यास उद्योगहरूले पनि आफ्नै उद्योग परिसरबाट उपभोक्तालाई सिधैँ ग्यास वितरण गर्ने व्यवस्था मिलाएकाे निगमकाे दावी छ । निगमले ग्यास विक्रेताहरूलाई घरायसी उपभोक्तालाई पहिलो प्राथमिकतामा राखेर ग्यास वितरण गर्न निर्देशनसमेत दिएको छ । साथै खरिदकर्ताको स्पष्ट विवरण तथा अभिलेख राख्न पनि आग्रह गरिएको छ । विशेष गरी ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा दीर्घरोगीलाई ग्यास वितरणमा प्राथमिकता दिन विक्रेतालाई अनुरोध गरिएको छ ।

काठमाडौँ उपत्यका बाहिर एलपी ग्यास सम्बन्धी कुनै समस्या वा गुनासो भए सम्बन्धित प्रादेशिक तथा शाखा कार्यालयमा सम्पर्क गर्न निगमले अनुरोध गरेको छ । उपभोक्ताले ग्यास नपाए वा आपूर्तिसम्बन्धी समस्या परेमा कार्यालय समयभित्र नेपाल आयल निगमको हटलाइन नम्बर ०१–५९७१९०२ मा सम्पर्क गर्न सक्ने व्यवस्था गरिएको छ ।

त्यसैगरी,प्रादेशिक कार्यालयका सम्पर्क नम्बरसमेत सार्वजनिक गरिएको छ। कोशी प्रादेशिक कार्यालय (९८०४९५१७९२), गण्डकी प्रादेशिक कार्यालय (९८५६०३५४४४), लुम्बिनी प्रादेशिक कार्यालय (९८४७४८५७८४) तथा मधेस प्रदेशअन्तर्गत महेन्द्रनगर (धनुषा) इन्धन डिपो (९८०४७५८००९) मा सम्पर्क गरी ग्यास आपूर्ति सम्बन्धी जानकारी लिन सकिने निगमले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]