
ksbus
Amb
Sdc


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद इन्दिरा राना मगरले पाकिस्तानस्थित ब्रोड पिक आरोहणका क्रममा हिमपहिरोमा परी ज्यान गुमाएका नेपाली पर्वतारोही निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न सरकारसँग माग गरेकी छन् ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद राना मगरले पुर्जाले आफ्नो अद्वितीय साहस, विश्व कीर्तिमान र पर्वतारोहणमार्फत नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन उल्लेखनीय योगदान दिएको बताइन् । उनले यस्तो योगदानको सम्मानस्वरूप राज्यले उनलाई राष्ट्रिय विभूतिको रूपमा मान्यता दिनुपर्ने धारणा राखिन् । रानामगरले ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका पुर्जासहित सबै मृतकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरूको योगदानको उच्च मूल्यांकन हुनुपर्ने उल्लेख गरिन् ।
त्यस्तै,उनले बैठकमा भनिन्,“निर्मल पुर्जाले संसारभर नेपाललाई चिनाउन सफल हुनुभएको छ। त्यस्तो व्यक्तिलाई राज्यले राष्ट्रिय विभूतिको रूपमा घोषणा गर्नुपर्छ भन्ने मेरो माग छ।” गत बिहीबार ब्रोड पिक आरोहणका क्रममा हिमपहिरोमा परेर बेपत्ता भएका पुर्जाको शव सोमबार फेला परेको थियो । निर्मल पुर्जाले सन् २०१९ मा विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल केवल छ महिनाभन्दा केही बढी अवधिमा आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका थिए । विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिक पर्वतारोहणका लागि अत्यन्त चुनौतीपूर्ण हिमालमध्ये एक मानिन्छ ।
