Sidha Patra आइतबार, साउन १०, २०८३

रुकुमपूर्व । जँगली च्याउ खाँदा सात जना बिरामी परेका छन् । रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर २ को विकट तथा दुर्गम गाउँ रलमा शनिबार बिहान बिरामी भएका उनिहरुलाई हेलिकप्टरबाट उद्धार गर्ने प्रयास सफल नभएपछि पाँच घण्टा पैदल हिँडेर गएका स्वास्थ्यकर्मीले ज्यान जोगाएका हुन् ।

स्थानीय ६० वर्षीय धर्मटेक पुन, ३२ वर्षीय लोकेन्द्र पुन, ३४ वर्षीय रचन पुन, ४३ वर्षीय खडक पुन, ३७ वर्षीया रथना पुन, ४१ वर्षीय दन्त रोका र ४९ वर्षीय बरण रोका बिरामी भएका थिए । रुकुमपूर्वका प्रमुख जिल्ला अधिकारी कोपिला राईका अनुसार शनिबार बिहान जङगलबाट ल्याएको च्याउ खाँनासँगै खाएपछि उनिहरु बिरामी परेको खबर आएको हो ।

त्यस्तै,उनिहरुमा बान्ता हुने, टाउको दुख्ने,पखाला लाग्ने,बेहोस् हुनेजस्ता समस्या देखिएको थियो । दुर्गम र विकट गाउँमा घटना घटेको र स्वास्थ्य अवस्था चिन्ताजनक रहेको भनेर स्थानीयले खबर गरेपछि उद्धारको लागि हेलिकप्टर ल्याउने सबै प्रक्रिया पूरा गरिएको थियो । खराब मौसमको कारण हेलिकप्टर जाने अवस्था नै नभएको प्रमुख जिल्ला अधिकारी कोलिपा राईले जानकारी दिए ।

शनिबार दिनभर हेलिकप्टर पठाउने तयारी गरिएको तर सफल हुन नसकेको उनले बताए । उनका अनुसार मैकोटबाट घण्टौ हिँडेर गएका स्वास्थ्यकर्मीहरुले बिरामीको ज्यान जोगाएका हुन् ।
शनिबार दिनभर,राति अबेला र आइतबार बिहान पनि बिरामीका आफन्तजन,प्रमुख जिल्ला अधिकारी,जिल्लाको सुरक्षा निकायको टोली, जिल्ला अस्पताल र गाउँपालिकाको टोलीले समन्वयमा गरिरहेको छ । बिरामीका आफन्तले स्वास्थ्य अवस्था सुधार भएकाले अब हेलिकप्टर आवश्यक नपर्ने भनेर खबर गरेको प्रजिअ राईले बताए ।

पुथा उत्तरगंगा गाउँपालिकाका स्वास्थ्य शाखाका सहसंयोजक कलिभान बिष्टका अनुसार अहिले उनिहरुको स्वास्थ्य अवस्था सामान्य बन्दै गइरहेको छ । वडा नम्वर १ को मैकोटमा रहेको स्वास्थ्य चौकीबाट तीन जना स्वास्थ्यकर्मीहरु करिब पाँच घण्टा पैदल हिडेर बिरामीहरुको उपचारका लागि रल गाउँ पुगेको बिष्टले जानकारी दिए ।

प्यारामेडिक्स दिपेन्द्र शाही र सन्तोष कापर र नर्सिङ निर्मला पुन गएराति ११ बजे बिरामीको घरमा पुगेर उपचार गरेपछि बिरामीहरुको अवस्था सामान्य बन्दै गएको छ । बिरामीहरु हिड्न सक्ने भएपछि थप जाँचको लागि मैकोटस्थित स्वास्थ्य चौकीमा ल्याउने सल्लाह भइरहेको सहसंयोजक बिष्टले बताए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]