
Amb
Sdc
Dbc


दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–६ रजौरामा निर्माणाधीन घरको पानी ट्याङ्कीभित्र दुई जना मृत अवस्थामा फेला परेका छन्।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी होमबहादुर पराजुलीका अनुसार मनिराम चन्दले निर्माण गरिरहेको एकतले घरको पानी ट्याङ्कीभित्र दुई जनाको शव भेटिएको हो।
प्रहरीका अनुसार आज बिहान करिब ११ बजेतिर घटनाबारे जानकारी प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा पुगेको छ। हाल शव ट्याङ्कीबाट बाहिर निकाल्ने कार्य भइरहेको प्रहरीले जनाएको छ।
घटनाको कारण खुल्न बाँकी रहेको र मृतकको पहिचानसहित थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
