
Sdc
Dbc
Amb


दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ६ थानदेउखुरीमा टेबल पंखा मर्मत गर्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय ५६ वर्षीय रामशेबक यादव रहेका छन् । शनिबार दिउँसो करिब साढे ३ बजे आफ्नै घरको सुत्ने कोठामा टेबल पंखा मर्मत गर्ने क्रममा अचानक करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए ।
त्यस्तै,घाइते यादवलाई तत्काल उपचारका लागि गढवा स्वास्थ्य चौकी लगिएको थियो । स्वास्थ्य चौकीमा चिकित्सकले जाँच गर्दा उनलाई मृत घोषणा गरेका थिए । घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
