Sidha Patra आइतबार, साउन ०३, २०८३

काठमाडौं । चितवनको मुग्लिन-नारायणगढ सडकखण्ड अन्तर्गत जलबीरे नजिकै भएको बस दुर्घटनामा २५ बढी यात्रु घाइते भएकान छन् ।

प्रहरीले दुर्घटनामा २५ बढी यात्रु घाइते भएको बताए पनि संख्या यकिन गरेको छैन । प्रहरीका अनुसार सर्लाहीबाट काठमाडौं र काठमाडौंबाट दाङ जाँदै गरेका दुईवटा बस ट्रकसँग ठोक्किँदा दुर्घटना भएको हो । काठमाडौं जाँदै गरेको बा.प्र. ०३ ००१ ख १६७१ नम्बरको बस हो भने दाङकालागि छुटेको लु.प्र.०३–००१ ख ०५०५ नम्बरको बस हो । सोही बसका चालक गम्भीर घाइते छन् ।

दुर्घटना भएपछि अवरुद्ध भएको सडक अहिले खुलाइएको छ । घाइतेहरुको उद्धार भइरहेको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र नेपाल प्रहरीको संयुक्त टोली घटनास्थलमा खटिएको छ । वर्षा र पहिरोको उच्च जोखिम भएको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले शनिबार राति १० बजेदेखि बन्द गराएको सो सडकखण्ड बिहान ६ बजे खुलेको थियो ।

त्यस्तै,सडक खुला भएलगत्तै सवारी साधनहरुले लेन अनुसार मिच्दा दुर्घटना तथा लामोसम्म जाम हुने गरेको छ । सडक डिभिजन कार्यालयले सीमित गतिमा लेन अनुशासनमा रही सवारीसाधन चलाउन अनुरोध समेत गरेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]