Sidha Patra मंगलबार, आषाढ २३, २०८३

अर्घाखाँची । लुम्बिनी प्रदेश सरकारले अर्घाखाँची अस्पतालमा डायलासिस सेवा सञ्चालनको अन्तिम तयारी थालेको छ । सेवा सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माणदेखि उपकरण जडानसम्मका काम तीव्र गतिमा अघि बढिरहेका छन् । सेवा सुरु भएपछि जिल्लाका एक सयभन्दा बढी मृगौला रोगीले आफ्नै जिल्लाबाट नियमित डायलासिस सेवा प्राप्त गर्नेछन् ।

अस्पताल प्रमुख डा. जगन्नाथ तिवारीका अनुसार डायलासिस सेवाका लागि अत्यावश्यक आरओ (रिभर्स अस्मोसिस) पानी शुद्धीकरण प्रणाली जडानको काम सुरु भइसकेको छ । डायलासिस सेवाको गुणस्तर सुनिश्चित गर्न आरओ प्रणाली अनिवार्य मानिने भएकाले यसको स्थापना कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको उनले बताए ।

उनका अनुसार प्रारम्भिक चरणमा न्यूनतम मापदण्डअनुसार पाँच वटा डायलासिस मेसिन सञ्चालनमा ल्याइनेछ । आवश्यक उपकरण जडान, प्राविधिक जनशक्ति व्यवस्थापन र सेवा सञ्चालनका अन्य तयारीसमेत सँगसँगै भइरहेको छ । हाल अर्घाखाँचीका मृगौलाका बिरामी नियमित डायलासिसका लागि बुटवल,काठमाडौं तथा अन्य जिल्लामा पुग्न बाध्य छन् । अस्पतालमै सेवा सञ्चालन भएपछि समय र खर्च दुवै बचत हुनुका साथै उपचारमा सहज पहुँच पुग्ने अपेक्षा गरिएको छ ।

लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयमार्फत अर्घाखाँची अस्पतालमा डायलासिस सेवा विस्तारको काम अघि बढाइएको हो । प्रदेश सरकारले जिल्लास्तरमै विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्ने नीतिअनुसार यो सेवा सञ्चालन गर्न लागेको जनाएको छ ।

मुख्यमन्त्री चेतनारायण आचार्यको गृहजिल्ला अर्घाखाँचीमा पछिल्ला वर्षहरूमा स्वास्थ्य पूर्वाधार र विशेषज्ञ सेवाको विस्तारलाई प्राथमिकतामा राखिएको छ । डायलासिस सेवा सञ्चालनमा आएपछि जिल्लाको स्वास्थ्य सेवामा नयाँ उपलब्धि थपिने विश्वास गरिएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]