
pku
Unsku
Djs
Pes
Ggp
Lnp
Srbpu
Rgp1
sbs
Gfs
cjs
Pbu
Rgp
Sgr

Ggd
Bbbpu
Sbs
Rgu
Gst
Rgu
Pvg
Rsb
Hal
Asm
nsb
Sls
Bbu
Vor
Ksm
Tsm
Wsp
Rgs
Ssm

bbt
Abd
Ptm
Pls
Rpp
Rmb
Gsb
Bml
Jmb
Mks
sab
Syp
Jmb
काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड संक्रमण रोकथामका लागि लकडाउन नहुने स्पष्ट बताउनु भएको छ । कोभिड–१९ को दोस्रो लहरबाट जोगिनुपर्ने अबस्था सँगसँगै आर्थिक सामाजिक क्रियाकलापलाई नियमित गर्नुपर्ने भएकाले स्वास्थ्य मापदण्डलाई कडाईका साथ पालना गराउने तर लकडाउन र सीमानाका बन्द नगरिने बताउनु भएको हो ।
त्यस्तै उहाँले भन्नु भयो । हामी आशंकाबाट होइन यथार्थबाट निर्देशित भएर अगाडि बढ्नुपर्छ । सरकारको सोच के हो भने कोभिडको दोस्रो लहरको चर्चा चलिरहेको छ, त्यसबाट हामी जोगिनु पर्नेछ । अर्कोतर्फ आर्थिक सामाजिक क्रियाकलापलाई नियमित र सूचारु पनि गर्नुपर्ने आवश्यकता छ । त्यसकारणले हामी आर्थिक, सामाजिक क्रियाकलापलाई सूचारु पनि गर्छौं, नियमित पनि गर्छौं र स्वास्थ्य मापदण्डलाई ख्याल गरेर अगाडि बढ्छौँ । अहिले सरकारले सीमानाका बन्द गर्ने, लकडाउन गर्नेतर्फ सोचेको छैन । त्यो अहिले उपयुक्त पनि हुँदैन ।
अर्थमन्त्री पौडेलले सरकार बजेटको तयारीमा जुटिसकेको पनि बताउदै उहाँले भन्नु भयो । हामी बजेटको तयारीमा जुटेका छौं । सिद्धान्त र प्राथमिकताको तयारी करिब अन्तिम चरणमा आइपुगेको छ । सँगसँगै हामी बजेटको तयारीमा पनि जुटि नै रहेका छौं । समग्रतामा पछि बताउँला, उपयुक्त समयमा चर्चा गरौंला । मुख्य गरिकन हामी कोभिड पछिको आर्थिक पुनरउत्थान, रोजगारी सिर्जना जस्ता विषयहरुमा बढ्ता केन्द्रीत हुन्छौं । नेपाली अर्थतन्त्रलाई पुरानो लयमा फर्काउन र गतिशील बनाउनका लागि गर्नुपर्ने निर्णयहरु लिने गरी बजेट लिएर आउँछौं मन्त्री पौडेलले भन्नू भयो ।
