Sidha Patra बिहिबार, आषाढ ११, २०८३

दाङ । तुलसीपुर स्थित टरिगाउँ विमानस्थलका लागि २५ करोड बिनियोजन भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको बार्षिक बजेटमा उक्त विमानस्थलकालागि २५ करोड समावेश भएको हो ।

यो बजेटले विमानस्थलको धावन मार्गलाई २५ सय मिटरसम्म विस्तार गर्न जग्गा ब्यबस्थापन लगायत अन्य पूर्वाधारको ब्यबस्थापन गर्न उक्त बजेट बिनियोजन गरिएको दाङ ३ का प्रतिनिधिसभा सदस्य कमल सुवेदीले बताए । उनका अनुसार विमानस्थललाई बहुबर्षिय बनाएर स्तरबृद्धि गरिनेछ ।

त्यस्तै,उक्त विमानस्थलमा विगतमा ठूलो बजेट आउन सकेको थिएन । जसले गर्दा उक्त विमानस्थल विस्तार हुन सकको थिएन । हाल उक्त विमानस्थलको धानवमार्ग ७ सय ५० मिटर मात्रै छ । जसले गर्दा ठूला जहाज बस्न सकेका थिएनन् । हाल १९ सिटे टुइनेटर मात्रै अवतरण गर्छ ।

हप्तामा चार दिन उडान भर्ने भनिएपनि नियमित हुन सकेको छैन । धावन मार्ग विस्तार गरेमा ठूला जहाज बस्ने र नियमित उडान भर्न सक्ने भन्दै यस क्षेत्रका सरोकारवालाले पटक–पटक पहल गर्दै आएका थिए । टरिगाउँमा नियमित हवाई उडान नहुँदा यस क्षेत्रका यात्रुहरु नेपालगञ्ज वा भैरहवा जाने गरेका छन् ।

यस्तै,टरिगाउँ विमानस्थल २०११ सालमा स्थापना भएको हो । जुन पुरानो मध्येको विमानस्थल हो । कुनै बेला टरिगाउँबाट नेपालगञ्ज, रुकुमको चौरजहारी र मुसिकोट समेत जान्थे ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]