
Ksbus
Ssbus
Rsbus
Gsl
Pbu
Gsbus
dsbus
Bksbus5
Ssbus
bpmhl
Bsbus
Nssbus7
Csbus
gms
Ksbus
Lsbus
Ssbus
Jsbus
Ksbus

Wsp
Pvg
Sbs
Gst
Ggd
Sls
nsb
Rsb
Ssm
Rgs
Rgu
Hal
Bbu
Tsm
Bbbpu
Ksm
Rgu
Vor
Asm

Jmb
Rpp
sab
Syp
Ptm
Abd
bbt
Jmb
Gsb
Mks
Rmb
Pls
Bml
दाङ । राप्ती गाउँपालिकाको आर्थिक सहयोगमा १० दिने मगर भाषा प्रशिक्षण कक्षा राप्ती गाउँपालिका वडा नं. ३ स्थित पिपरीको मगर सांस्कृतिक सङ्ग्रहालयमा सोमबारदेखि सुरु भएको छ ।
मगर समुदायको मातृभाषा संरक्षण, प्रवर्द्धन तथा नयाँ पुस्तामा भाषा हस्तान्तरण गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त तालिममा २७ जना सहभागी रहेका छन् । तालिमको प्रशिक्षण इराधा झाँक्री मगरले प्रदान गरेकी छिन् । तालिम उद्घाटन कार्यक्रम राप्ती गाउँपालिका मगर संघका अध्यक्ष हिरा बहादुर झाक्री मगरको अध्यक्षतामा सम्पन्न भएको हो ।
कार्यक्रममा बेलबहादुर बुढा मगर प्रमुख अतिथिका रूपमा उपस्थित रहेका थिए । उद्घाटन समारोहमा वक्ताहरूले मगर समुदायको मौलिक भाषा तथा संस्कृतिको संरक्षण आजको आवश्यकता रहेको उल्लेख गर्दै भाषाको संरक्षण र प्रयोगमा सबैको सक्रिय सहभागिता आवश्यक रहेको बताए ।
कार्यक्रमको सञ्चालन राप्ती गाउँपालिका मगर संघका सचिव टीका बहादुर बुढा मगरले गरेका थिए । आयोजकका अनुसार १० दिनसम्म सञ्चालन हुने उक्त प्रशिक्षणबाट सहभागीहरूले मगर भाषाको आधारभूत ज्ञान हासिल गर्ने तथा दैनिक व्यवहारमा प्रयोग गर्न सक्ने विश्वास लिइएको छ। साथै यस प्रकारका भाषा संरक्षणसम्बन्धी कार्यक्रमले मगर समुदायको पहिचान, भाषा र संस्कृतिको जगेर्ना गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।
