
Gisld
Sds
Rbs
Pbu
mbd
Mbdvs

Ssm
Asm
Bbbpu
Rgu
Gst
Rsb
Wsp
Hal
Ksm
Rgu
Rgs
Tsm
Ggd
Sbs
nsb
Sls
Pvg
Bbu
Vor

Abd
Gsb
Jmb
Pls
Mks
sab
Jmb
bbt
Ptm
Bml
Rmb
Syp
Rpp
दाङ । लुम्बिनी प्रदेश सभा सदस्य रेवतीरमण शर्माले स्वच्छ खानेपानी उपभोग गर्न पाउने सबै नागरिकको समान अधिकार भएको बताउनु भएको छ ।
लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था र संघिय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको संयुक्त लगानीमा लमही नगरपालिका वडा नम्बर ३ मजगाउँमा सुरु भएको खानेपानी आयोजनाको शिलान्यास गर्दै शर्माले सरकारले सबै नागरिकलाई स्वच्छ खानेपानी पुर्याउन ठूला र मझौला तथा साना खानेपानीका आयोजना सञ्चालन गरिरहेको बताउनु भएको हो ।
‘विकट गाउँको नागरिक र सुगम बजारको नागरिकको अधिकार समान हो । सरकारले विकट वस्तिका नागरिकलाई प्राथमिकतामा राखेर आयोजना सञ्चालन गर्नुपर्छ’उहाँले भन्नुभयो–‘प्रदेश सरकारले एक घर एक धाराको अभियानलाई मुख्य कार्यक्रमको रुपमा अघि बढाएको छ ।
संघिय खानेपानी तथा ढल व्यवस्थापन आयोजना नेपालगन्ज कार्यालयका प्रमुख मनिसकुमार राजले खानेपानी आयोजना २ बर्ष भित्र सम्पन्न हुने र गुणस्तरीय काम भए नभएको वारेमा अनुगमन गरिने बताउनु भयो । ९ करोड ९८ लाखको लागतमा खानेपानी आयोजना सञ्चालनमा आउने छ । लमही–३ र ४ नम्बर वडाका उपभोक्तालाई खानेपानी सुविधा पु¥याउने लक्ष छ ।
लमही नगरपालिका वडा नम्बर ३ का अध्यक्ष बावुराम चौधरीले सबैलाई स्वच्छ खानेपानी पुर्याउने ग्यारेन्टी सरकारले गर्ने बताउनु भयो । लमही नगरपालिका वडा नं. ५ का अध्यक्ष तथा खानेपानी संस्थाका कानुनी सल्लाहकार विमबहादुर केसीले खानेपानीको स्रोतको संरक्षण गर्दै मितव्ययी उपभोगमा ध्यान दिन आग्रह गर्नु भयो ।
नेकपा एमाले लुम्बिनी प्रदेश संगठन कमिटी सदस्य नारायण डिसी छम्पालीले विकास निर्माणको काममा सबै एक ठाउँमा उभिनुपर्ने बताउनु भयो । खानेपानी संस्थाका उपाध्यक्ष लिला शाहको स्वागत मन्तब्य वाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव सनमकुमार पौडेलले सञ्चालन गर्नु भएको थियो ।
