Sidha Patra बुधबार, जेठ २७, २०८३

काठमाडौं । निर्वाचन आयोगले एमालेबाट निर्वाचित भई अन्य दलमा प्रवेश गरेका ८ जना वडा अध्यक्षहरूको पद रिक्त भएको घोषणा गरेको छ।

आयोगले बुधबार आज गोरखापत्र दैनिकमा सार्वजनिक सूचना प्रकाशित गर्दै राजनीतिक दलसम्बन्धी ऐनअनुसार ती जनप्रतिनिधिहरूको पद स्वतः रिक्त भएको जानकारी दिएको हो।राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम दल त्याग गरेको बेहोरा एमालेको केन्द्रीय सचिवालयले आयोगलाई बुझाएको थियो।

सोही सिफारिसका आधारमा निर्वाचन आयोगको जेठ २६ गतेको निर्णयअनुसार ती जनप्रतिनिधिहरुको पद स्वतः रिक्त भएको हो। रिक्त भएका सबै पद स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित वडा अध्यक्षका हुन् । पद रिक्त भएका वडा अध्यक्षहरु ओखलढुङ्गाका तीन, मोरङका दुई तथा पाल्पा,ललितपुर र दाङका एक-एक जना रहेका छन्।

यस्तो छ विवरण:

१. कमल बहादुर बानिया- वडा अध्यक्ष, मोलुङ (सूचनामा मोलुड) गाउँपालिका वडा नं. १, ओखलढुङ्गा (कोशी प्रदेश)
२. कमल तामाङ- वडा अध्यक्ष, मोलुङ (सूचनामा मोलुड) गाउँपालिका वडा नं. ६, ओखलढुङ्गा (कोशी प्रदेश)
३. शुरेश कुमार थापा- वडा अध्यक्ष, चम्पादेवी गाउँपालिका वडा नं. ७, ओखलढुङ्गा (कोशी प्रदेश)
४. राज कुमार पन्थी- वडा अध्यक्ष, माथागढी गाउँपालिका वडा नं. १, पाल्पा (लुम्बिनी प्रदेश)
५. होमप्रसाद बजगाई- वडा अध्यक्ष, बागमती गाउँपालिका वडा नं. ७, ललितपुर (बागमती प्रदेश)
६. राम कुमार श्रेष्ठ- वडा अध्यक्ष, लेटाङ नगरपालिका वडा नं. ४, मोरङ (कोशी प्रदेश)
७. महेश कुमार खनाल- वडा अध्यक्ष, रंगेली नगरपालिका वडा नं. १, मोरङ (कोशी प्रदेश)
८. मधुसुदन शर्मा(मुनाल घिमिरे)- वडा अध्यक्ष, घोराही उपमहानगरपालिका वडा नं. ४, दाङ (लुम्बिनी प्रदेश)

त्यस्तै,राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ को उपनियम (२) बमोजिम सम्बन्धित सबैको जानकारीका लागि आयोगले यो सूचना जारी गरेको जनाएको छ। पद रिक्त भएसँगै अब यी वडाहरूमा वडा अध्यक्षको पद खाली हुन पुगेको छ।देशसञ्चार

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]