
Rgp
cjs
sbs
Ggp
Gis
Pbu
Sgr
Pes
Rgp1
Gfs
Cps
Rgp
Sds
pku
Srbpu
Unsku
Djs
Lnp
Rmb

Rgu
Sls
Wsp
Gst
Hal
Vor
Tsm
Ksm
Pvg
Rgu
nsb
Bbbpu
Bbu
Asm
Ssm
Sbs
Rgs
Rsb
Ggd

Ptm
Abd
Jmb
Bml
sab
Mks
Rpp
Jmb
Rmb
Gsb
Syp
bbt
Pls
दाङ । देउखुरीको गढवा गाउँपालिकाले विद्यालय तहमा व्यक्तिगत घटना दर्ता सम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न गरेको छ ।
मङ्गलबार वडा नम्बर १ स्थित जनता माध्यमिक विद्यालय कालाकाटे र जनमुखी माध्यमिक विद्यालय रङसिङमा व्यक्तिगत घटना दर्ता सम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न गरेको हो ।
पञ्जीकरण शाखा प्रमुख ऋषिराम यादवले जनता माध्यमिक विद्यालय कालाकाटे र जनमुखी माध्यमिक विद्यालय रङसिङमा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुलाई पञ्जीकरण सम्बन्धी तालिम दिइएको जानकारी दिए । उनका अनुसार विद्यार्थीहरुलाई जन्म,मृत्यु,विवाह,सम्बन्धविच्छेद तथा बसाइँसराई सम्बन्धी घटना दर्ताको महत्व, कानुनी व्यवस्था तथा व्यवहारमा देखिने समस्याका समाधानका विषयमा जानकारी गराइएको थियो।
कार्यक्रममा ऋषिराम यादव र मधुसुदन पौडेलले सहभागी विद्यार्थीहरुलाई व्यक्तिगत घटना दर्ता समयमै गर्नुपर्ने आवश्यकता तथा त्यसले नागरिकको अधिकार सुनिश्चित गर्न पुर्याउने योगदानबारे अभिमुखीकरण गर्नुभएको थियो । जनता माध्यमिक विद्यालय कालाकाटेका प्रधानाध्यापक नेत्र प्रसाद खनालले विद्यालय तहबाटै विद्यार्थीहरुलाई व्यक्तिगत घटना दर्ता सम्बन्धी जानकारी दिनु अत्यन्त सकारात्मक कार्य भएको बताए । उनले “यस्ता कार्यक्रमले विद्यार्थीमार्फत समुदायसम्म सचेतना फैलिने भएकाले घटना दर्ता सम्बन्धी समस्या न्यूनीकरणमा सहयोग पुग्ने विश्वास लिएका छौं,” भने ।
त्यस्तै जनमुखी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुव बहादुर कुमाल ले नागरिकका आधारभूत अधिकारसँग जोडिएको घटना दर्ता सम्बन्धी जानकारी विद्यालयस्तरमै दिनु प्रभावकारी भएको बताए । उनले “विद्यार्थीहरु भविष्यका जिम्मेवार नागरिक भएकाले उनीहरुलाई यस्ता विषयमा सचेत बनाउन सके समाजमा सकारात्मक परिवर्तन आउँछ,” भने ।
जनता माध्यमिक विद्यालय कालाकाटेका प्रधानाध्यापक नेत्र प्रसाद खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहायक प्रधानाध्यापक प्रेम नारायण भुसाल लगायतको सहभागिता रहेको थियो । त्यसैगरी जनमुखी माध्यमिक विद्यालय रङसिङमा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुव बहादुर कुमालको अध्यक्षता रहेको थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक ज्ञानहरी रिजाल, सहायक प्रधानाध्यापक देवेन्द्र पोख्रेल, शिक्षा अधिकृत गोविन्द न्यौपाने लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण गढवा गाउँपालिका पञ्जीकरण शाखा प्रमुख ऋषिराम यादवले गरेका थिए ।
