
Sgr
sbs
Ggp
cjs
pku
Pbu
Rgp
Srbpu
Lnp
Djs
Pes
Unsku
Gfs
Rgp1

Rgu
Rgu
Asm
Gst
Wsp
Bbu
Hal
Sbs
Rgs
Rsb
Ssm
Bbbpu
Pvg
Ksm
Vor
Tsm
Ggd
Sls
nsb

Abd
Jmb
Pls
sab
Bml
bbt
Mks
Ptm
Jmb
Rmb
Gsb
Syp
Rpp
दाङ । सडक डिभिजन कार्यालय दाङले आफ्नो कार्य क्षेत्रका आठवटा सडक खण्डमा पर्ने सीमा अतिक्रमण खाली गरिदिन १५ दिनको अल्टिमेटम दिएको छ ।
सार्वजनिक सडक ऐन, २०३१ को बर्खिलाप हुने गरी निर्माण गरिएका संरचनाहरु घर, टहरा, पर्खाल वा अन्य संरचनाहरु तत्काल हटाइदिन आह्वान गरेको हो । जेठ ७ गते सार्वजनिक सूचना जारी गर्दै कार्यालयले दाङ र सल्यानका विभिन्न ८ वटा सडकको दुबैतर्फ रहेका नियमविपरीतका घर, टहरा वा भौतिक संरचना हटाउन आह्वान गरेको हो । सडक डिभिजन कार्यालय दाङको कार्यक्षेत्र पर्ने ४ सय ९७ किलोमिटर सडक क्षेत्रभित्र पर्ने विभिन्न ठाउँका अतिक्रमण गरी बनाइएका संरचना हटाउन लागिएको हो ।
त्यस्तै,कार्यालयका अनुसार पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गतको धानखोलादेखि बाँके जोड्ने शिवखोलासम्मको ७७ किलोमिटर सडकखण्ड, हुलाकी राजमार्गअन्तर्गत गढवादेखि राजपुरसम्मको २० किलोमिटर सडक, मदन भण्डारी राजमार्गअन्तर्गतको शीतलपाटी– खलंगा–बालुवासंग्रही सल्यान सडकखण्डको ३९ किलोमिटर सडक, त्यस्तै दाङको मुर्कुटी–घोराही –तुलसीपुर–काल्चे १ सय २५ किलोमिटर सडक, भालुबाङ–गनाहा सडक खण्डको ८ किलोमिटर सडक, सहिद मार्गको कोइलावास–लमही –घोराही सडकखण्डको ५७ किलोमिटर सडक, राप्ती राजमार्ग अन्तर्गतको अमेलिया–तुलसीपुर– शीतलपाटी–खौलापास सडकखण्डको १ सय ३७ किलोमिटर सडक र रारा राजमार्ग अन्तर्गत सल्यानको थारमारे–चौरजहारी सडकखण्डको ३४ किलोमिटर सडकको सीमाभित्र पर्ने अतिक्रमण हटाइने भएको सडक डिभिजन कार्यालय दाङका प्रमुख तथा सिनियर डिभिजन इन्जिनियर दिपेन्द्रबहादुर विष्टले जानकारी दिए ।
सडक मापदण्डविपरीत ठाउँ–ठाउँमा अतिक्रमण भएको र यसले गर्दा यातायात आवागमनमा बाधा पुग्नुका साथै सडक सुरक्षामा समेत गम्भीर असर पर्ने भएकाले अतिक्रमित संरचना हटाउनुपरेको कार्यालयले जनाएको छ । साथै सडक डिभिजन कार्यालयले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र सडक सीमाभित्र पर्ने सबै प्रकारका संरचना आफै हटाउन व्यक्ति तथा संघ संस्थालाई आह्वान गरेको हो । यदि निर्धारित समयभित्र त्यस्ता संरचनाहरु नहटाए प्रचलित कानुनबमोजिम कार्यालयले ती संरचना हटाउने छ । तर तोकिएको समयमा संरचना नहटाए उक्त संरचना हटाउँदा लाग्ने खर्च पनि अतिक्रमणमा संलग्न व्यक्ति तथा संस्थाबाटै असुलउपर गरिने सडकले चेतावनी दिएको छ ।
‘सडक सबैका लागि अति आवश्यक संरचना हो । त्यसलाई मापदण्डअनुसार राख्न सकियो भने सबैको यात्रा सुरक्षित हुन्छ भन्ने हो’– सडक डिभिजन कार्यालय दाङका प्रमुख सिनियर डिभिजन इञ्जिनियर दिपेन्द्रबहादुर बिष्टले भने–‘सडकमा पनि कानुन छ । त्यसको पालना सबैले गर्नुपर्छ । नियम कानुनको पालना गर्दा सबैलाई फाइदा हुन्छ ।’
त्यस्तै,उनले नेपाल रोड स्ट्याण्डर्डकाअनुसार सडकको दायाँ बायाँ २५÷२५ मिटर हुन्छ । त्यो मापदण्डभित्र बनाइएका संरचना हटाउन सार्वजनिकरुपमा अपिल गरिएको कार्यालय प्रमुख विष्टले जानकारी दिए । २०७६ जेठ ६ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार सडक दायाँ, बायाँ २५÷२५ मिटर कायम गरिएको छ । तर राजपत्रमा नआएका अन्य सडकको हकमा यति नै भनेर मापदण्ड तोकिएको अवस्था नभएपनि कार्यालय प्रमुख विष्टले सडक सुरक्षाका लागि मापदण्डको पालना सबैले गर्नुपर्ने बताए ।नयाँयुगबोध
