
Ksbus
Ggp
Ggp
Msbus
Lnp
Rgp
Asbus
Sdc
Ksbus


दाङ । देउखुरीको लमहीमा रहेकोे ज्ञानज्योति मोडेल स्कुल लमहीले शिक्षा क्षेत्रमा बेग्लै हब बनाउन तिर अग्रसर देखिएको छ ।
ज्ञानज्योति फाउन्डेसन तुलसीपुरद्वारा संचालित ज्ञानज्योति माध्यमिक विद्यालय तुलसीपुरको शाखाको रुपमा २०८१ सालदेखि देउखुरीको लमहीमा स्थापनाभइ निरन्तर आफ्नो पठनपाठनलाई अगाडि बढाएको हो ।
SEE मा देउखुरी क्षेत्रका विद्यालयहरुबाट उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरु अहिले ज्ञान ज्योति स्कुल लमहीलाई आफ्नो रोजाइमा धमाधम पारि रहेको विद्यालयका शैक्षिक प्राचार्य बासुदेव खनाल (युनिक) ले जानकारी दिए । विगतमा बिज्ञान विषय पढ्नका लागि जिल्ला बाहिर जानू पर्ने बाध्यता रहेकोे तर अहिले ज्ञानज्योतिले विशेष व्यवस्थापनका साथ लमहीमै बिज्ञान संकायको पठनपाठन सुरु गरेपछि विद्यार्थीको रोजाइ सो स्कुल परिरहेको प्राचार्य खनालले बताए ।
खनालका अनुसार गत वर्षको SEE परीक्षामा सामुदायिक विद्यालयको तर्फबाट आदर्श नमूना माध्यमिक विद्यालय लालमटियाका सन्दीप गिरी र संस्थागत सोही स्कुलका जेसिका शर्माले 4 GPA ल्याएका दुवैजनाले बिज्ञान संकाय तर्फ भर्ना भएर अध्ययन गरिरहेका छन् । उनिहरु ज्ञानज्योति स्कुलको बिज्ञान संकाय पढाईबाट सन्तुष्टि रहेकोे बताएका छन् ।
स्कुलको सुरुवातमा ७ सय विद्यार्थी रहेको तर अहिले कक्षा १० सम्म १३ सय र +2 मा २ सय गरि १५ सय विद्यार्थीहरु अध्ययनरत रहेको प्रशासनिक प्राचार्य राजु यादवले जानकारी दिए । यादवका अनुसार अहिले सो स्कुलमा बिज्ञान संकाय,कानुन संकाय, व्यवस्थापन संकाय,शिक्षा संकाय र होटेल म्यानेजमेन्ट समेतको विषयगत दक्ष तथा अनुभवि शिक्षकहरुद्वरा अध्यापन भैरहेको छ ।
ज्ञानज्योति फाउन्डेसनको २० करोड लगानीमा भुकम्प प्रतिरोधात्मक अत्याधुनिक संरचनाहरु निर्माण भएको र केहि संरचनाहरु बन्दै अन्तिम चरणमा पुगिसकेको छ । गुणस्तरीय सैद्धान्तिक तथा व्यवहारिक शिक्षा प्रदान गर्ने उदेश्यका साथ संचालनमा रहेको उक्त स्कुलमा आधुनिक चमेना गृह,स्वीमिङ पुल,कार्यक्रमको लागि अत्याधुनिक हल,स्मार्ट बोर्ड सहितका अत्याधुनिक कक्षा कोठा,प्ले स्टेशन,खेलकुदका लागि खेल मैदानको समेत व्यवस्थापन भैसकेको ज्ञानज्योति फाउन्डेसनका सिईओ सुरेन्द्र जिसीले जानकारी दिए ।
सिईओ जिसीका अनुसार अझै थप ५ करोड लगानी गरेर छात्रछात्राका लागि होस्टेलको व्यवस्थापन गरेर शिक्षा क्षेत्रलाई थप मजबुत बनाएर अघि बढ्ने योजना रहेको छ । त्यस्तै,उनले सम्पूर्ण अभिभावकहरुलाई निर्धक्क भएर आफ्नो छोराछोरीलाई ज्ञानज्योति मोडेल स्कुल लमहीमा भर्ना गर्नपनि आग्रह गरेका छन् ।
शिक्षा क्षेत्रमा बेग्लै पहिचान बनाउन सफल ज्ञानज्योति माध्यमिक विद्यालय तुलसीपुर अहिले नेपालकै ७ औं स्थानमा रहेको छ भने आगामी दिनमा स्कुलको विभिन्न शाखामा रहेका स्कुलहरुबाट गुणस्तरीय शिक्षा प्रदान गर्न स्कुल संचालकहरु अग्रसर भएर निरन्तर अघि बढिरहेको पाइएको छ ।

