
Lnp
Srbpu
cjs
Djs
pku
Ggp
Sgr
Gfs
sbs
Rgp
Unsku
Pes
Rgp1
Pbu

Sbs
Ksm
Wsp
Gst
Pvg
Sls
Tsm
Rgs
Bbu
Rsb
nsb
Ggd
Asm
Ssm
Vor
Bbbpu
Rgu
Rgu
Hal

Rmb
Jmb
Jmb
Abd
sab
Syp
Ptm
Rpp
Bml
bbt
Pls
Mks
Gsb
धनगढी । मादक पदार्थ सेवन मापसे गरेर सरकारी गाडी चलाउँदा दुर्घटना गराएका कैलालीको गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्टलाई धनगढी उपमहानगरपालिकाले ३५ हजार रुपैयाँ क्षतिपूर्ति तिराउने भएको छ ।
गत शनिबार राति मेयर भट्टले चलाएको सुपप्र ०१००१ झ ६०१ नम्बरको सरकारी गाडी मोहनापुल–अत्तरिया ६ लेन सडकखण्डको गेटामा दुर्घटना भएको थियो । मापसे गरेर लठ्ठ भएका मेयरले चलाएको गाडी सडक छेउको रेलिङमा ठोक्किएको थियो ।
धनगढीका नगरप्रमुख गोपाल हमालको सचिवालयका अनुसार उपमहानगरपालिकाका प्राविधिकहरुले गरेको मूल्याङ्कन अनुसार उक्त रेलिङ मर्मत गर्न ३५ हजार रुपैयाँ खर्च लाग्ने स्टमेट निकालिएको छ । सोही रकम बराबरको जरिवाना मेयर भट्टलाई तिराउन लागिएको हो । उपमहानगरपालिकाले रकम असुल गर्न नगर प्रहरी पठाएपनि मेयर भट्टले भने आफू स्वयंले नै रेलिङ मर्मत गरिदिने प्रतिबद्धता जनाएका छन् ।
धनगढी उपमहानगरपालिकाले नगर क्षेत्रभित्रका सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउने जोसुकैबाट पनि क्षतिपूर्ति असुल गर्दै आएको छ । यसअघि, जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले मेयर भट्टलाई मापसे गरेर गाडी चलाएको भन्दै ५ सय र लापरबाही गरेकोमा थप ५ सय गरी जम्मा १ हजार रुपैयाँ जरिवाना तिराएर गाडी छाडिसकेको छ ।
त्यस्तै,धनगढी उपमहानगरपालिकाले ६ लेन सडकमा फूल रोपेर र बत्ती बालेर श्रृङ्गार गरिरहेका बेला छिमेकी नगरपालिकाका मेयरले नै मापसे गरेर संरचना भत्काएपछि स्थानीयले भने असन्तुष्टि जनाएका छन् । गोदावरी–५ कै स्थानीय भागीराम रानाले एउटा मेयरले सडक सजाउने र अर्कोले भत्काउने काम गरेको भन्दै दुःख व्यक्त गरे । मेयर भट्टको सचिवालयले भने क्षतिको आधारमा स्टमेट आएको र सोही अनुसार मर्मत वा क्षतिपूर्ति दिने जनाएको छ ।
यस्तै,धनगढी उपमहानगरपालिकाले ६ लेन सडकमा रहेका सार्वजनिक सम्पत्तीमा क्षति नगरीदिन सबैलाई अनुरोध समेत गर्दै आएको छ ।
रातोपाटी
