
Rbs
Gsl
gms
Nssbus7
Bksbus5
Ddhbs
Ssbus
dsbus
syysr
Ratbs
Pbu
Jsbus
Amb
Gsbus
Csbus
Syees

Ssm
Ksm
Rgu
Rgs
Hal
Vor
Bbu
Gst
Sbs
Ggd
Rsb
Asm
Tsm
Pvg
Rgu
Sls
Wsp
nsb
Bbbpu

Gsb
Pls
bbt
Rmb
Syp
sab
Ptm
Jmb
Jmb
Bml
Mks
Abd
Rpp
दाङ । दाङसहित देशका विभिन्न स्थानीय तहमा सातामा दुई दिन विद्यालय बन्द गर्ने अभ्यास बढ्दै गएपछि अभिभावकहरुबाट गुनासो आउन थालेको छ ।
विशेषगरी शनिबारसँगै आइतबार पनि विद्यालय बन्द हुँदा विद्यार्थीको पढाइ प्रभावित भएको भन्दै अभिभावकहरुले चिन्ता व्यक्त गरेका छन् । शिक्षा क्षेत्र स्थानीय सरकारको अधिकारभित्र पर्ने विषय भए पनि धेरै स्थानीय तहहरु यस विषयमा स्पष्ट निर्णय लिन नसकेको देखिएको छ । स्थानीय जनप्रतिनिधिहरुले केन्द्र सरकारको नीतिविपरीत जान नसकिने भन्दै मौन बस्ने गरेका छन् ।
यता दाङको घोराही उपमहानगरपालिकाभित्र भने आइतबार पनि विद्यालय सञ्चालन भइरहेको छ । घोराहीका अधिकांश सामुदायिक तथा संस्थागत विद्यालयहरु नियमित रुपमा आइतबार खुल्ने गरेका छन् । तर अन्य केही पालिकाहरुमा भने आइतबार विद्यालय बन्द गरिँदै आएको छ,जसले एउटै जिल्लाभित्र फरक अभ्यास देखिएको छ । अभिभावकहरुका अनुसार बारम्बार बिदा हुँदा विद्यार्थीहरु मोबाइल तथा सामाजिक सञ्जालमा बढी समय बिताउन थालेका छन् ।
त्यस्तै,विद्यालय सञ्चालन दिन घट्दा पाठ्यक्रम समयमै सक्न समस्या हुने र शैक्षिक गुणस्तरमा समेत असर पर्ने उनीहरुको भनाइ छ । ग्रामीण क्षेत्रका अभिभावकहरुले भने विद्यालय बन्द हुँदा बालबालिका घरमै अलमलिने अवस्था रहेको बताएका छन् । शिक्षाविदहरुले यस विषयमा देशभर एउटै स्पष्ट नीति आवश्यक रहेको बताएका छन् । कतै दुई दिन बिदा र कतै एक दिन मात्रै बिदा हुँदा अभिभावक,विद्यार्थी र विद्यालय सबै अन्योलमा परेको उनीहरुको भनाइ छ । यसले शिक्षा क्षेत्रमा नीति र व्यवहारबीच असमानता देखिएको सरोकारवालाहरुको भनाइ छ ।
