
gms
Syees
Rbs
Amb
Nssbus7
Ssbus
Pbu
Ratbs
Bksbus5
Jsbus
Csbus
syysr
Gsl
Gsbus
Ddhbs
dsbus

nsb
Bbbpu
Rgu
Rsb
Vor
Hal
Rgs
Ssm
Ksm
Rgu
Gst
Ggd
Bbu
Wsp
Sbs
Pvg
Sls
Asm
Tsm

Syp
Ptm
bbt
Rpp
Mks
Bml
Pls
Rmb
Gsb
sab
Jmb
Abd
Jmb
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले अदालतको आदेशपछि पनि सुकुमवासी बस्तीमा डोजर चल्नु गलत भएको बताएका छन् ।
रास्वपाका सांसदलाई प्रशिक्षणपछि पत्रकारसँग कुरा गर्दै सभापति रवि लामिछानेलाई अदालतको आदेशपछि पनि डोजर किन चलाउनु भएको ? भनि प्रश्न गरेका थिए । लामिछानेले अदालतको आदेश मान्नुपर्ने बताउँदै भने,‘त्यो मान्नुपर्दछ । हरेकले मान्नुपर्दछ ।’
त्यस्तै,अहिलेपनि डोजर चलिरहेको बारे पत्रकारले सोधेपछि उनले भने,‘त्यो गलत भयो, गलत भयो ।’ सर्वोच्च अदालतले सुकुमवासी बस्तीमा डोजर नचलाउन सरकारलाई शुक्रबार आदेश दिएको थियो । सुकुमवासी वस्तीमा डोजर चलाउँदा दुई जनाले आत्महत्या गरेको तर रास्वपा सभापतिले संवेदना नराखेको भन्दै पत्रकारले थप प्रश्न गरेका थिए ।
यस्तै,जवाफमा लामिछानेले भने,‘म के भनिरहेको छु भने कोहि पनि घरबार विहिन हुनुपर्दैन । प्रक्रियामा यो भन्दा राम्रो हुन सक्थ्यो होला यो पनि मैले भनिसकेको छु । अन्तत गर्दा यसलाई समाधान त गर्नु पर्ला नि । अन्तिममा गन्तव्यमा पुग्दा कसैले पनि मलाई अन्याय परेछ भने भन्नु ।’ सुकुमवासी समस्या समाधान गर्न सरकारले नीति बनाएको र त्यही अनुसार अघि बढेको लामिछानेले जानकारी गराए ।
