
Pbu
Mbdvs
mbd
Rbs
Sds
Gisld

Rgu
Ggd
Wsp
Rgs
Gst
Sls
Sbs
Rgu
nsb
Ssm
Ksm
Pvg
Hal
Asm
Rsb
Bbu
Tsm
Vor
Bbbpu

bbt
Pls
Syp
Rpp
Mks
Jmb
Rmb
Ptm
Bml
sab
Gsb
Abd
Jmb
प्युठान । पर्यटन प्रवद्र्वन र बिकास निर्माणमा लेखक स्तम्भकारहरुको भूमिका विषयक अनतरक्रिया कार्यक्रम प्यूठान ढुङ्गेगढीको रानी कुवा शान्ति पार्क स्थित योगा हलमा सम्पन्न भएको छ । नेपाल स्तम्भकार समाज दाङको आयोजना तथा सरुमारानी गाउँपालिका प्यूठानको सहयोगमा सम्पन्न कार्यक्रमको अध्यक्षता नेपाल स्तम्भकार समाज दाङका अध्यक्ष के बी मसालले गर्नु भयो ।
नेपाल स्तम्भकार समाज दाङले लेखनको माध्यमबाट स्थानीय पर्यटन प्रवद्र्वन र बिकासमा योगदान पुराउन सकिन्छ भन्ने आधारमा बिगतदेखि यस्ता कार्यक्रम गर्दै आएको जानकारी के बी मसालले बिषय प्रवेशमा दिनु भएको थियो । प्रमुख अतिथी एवं गाउँपालिकाका अध्यक्ष झकबहादुर बि क रहनु भएको कार्यक्रममा गापाका प्रमुख कार्यकारी अधिकृत चिन्तामणि रेग्मीले गापाका बिकास निर्माण र गतिविधिबारे भिडियो प्रस्तुति राख्नु भएको थियो ।
गापाका ६ वडा मध्ये पाँच वडा अध्यक्षहरु, सबै वडाका जनप्रतिनीधिहरु,गापाका विद्यालयका प्रअहरु, कर्मचारीहरु, संघसंस्थाका प्रतिनीधि र समाजसेवीहरुको सहभागितामा सञ्चालित कार्यक्रममा सम्पूर्ण व्यवस्थापनको चाँजोपाँजो मिलाएर सहायक प्रशासकीय अधिकृत लक्ष्मण आचार्यले सहयोग गर्नु भयो ।
समाजका कोषाध्यक्ष लालमणि पौडेलको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा खुला छलफल पछि, शिक्षा क्षेत्रको तर्फबाट निर्मल शर्मा, वडा नंं ४ का अध्यक्ष चिन्ताबहादुर सोमई, वडा अध्यक्ष भीमबहादुर मस्र्याङ्दी, टाइम कमर्सियल बैंकका प्रमुख सुदिप पौडेल र विशिष्ठ अतिथी गापाका उपाध्यक्ष मीना सोमईले शुभकामना मन्तब्य दिनु भएको थियो ।
कार्यक्रममा स्थानीय पाठ्य पुस्तक तयार गर्ने, वैदेशिक रोजगारबाट फर्केर आएका युवाहरुलाई रोजगार मूलक कार्यक्रम ल्याउने, यस वर्ष ८० जना लघु उद्यमी उत्पादन गर्ने, छोरीको विवाह बचत कार्यक्रम, घर घरमा गर्भ जाँच, विद्यार्थी याताया कार्यक्रम, निजी स्रोतमा ६३ जना शिक्षक गापाले व्यवस्था गरेको र सरुमारानी गापामा रहेका अथाह धार्मीक, सांस्कृतिक, ऐतिहासिक, भाषिक(कुसुण्डा लगायत), पूरातात्वीक, बाईसे चौबिसे राज्यको पालाका गढी किल्ला र मूल्य मान्यताहरुको प्रस्तुतिले कार्यक्रमको सान्दर्भिकता बढाएको थियो । समापन पूर्व समाजका उपाध्यक्ष नीमबहादुर थापाले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन समाजका सचिव पद्मप्रसाद शर्माले गर्नु भएको थियो । त्यस्तै दाङबाट ठिक १० वजे ढुङ्गेगढी बडडाँडाको कर्न महराले सञ्चालन गरेको होटेल पानोरमा हिलटपको आगनमा पुगेको नेपाल स्तम्भकार समाज दाङको टोली खाना खाएर कार्यक्रम स्थल रानी सरुमाले नुहाउने कुवा “रानी कुवा” शान्तिपार्कतिर प्रस्तान गरेको थियो । अन्तरक्रिया पछि ठिक तीन वजे माण्डवी र झिम्रुक नदीको संगमस्थल रहेको ऐरावती दोभान एवं ऐरावत हात्ति (गणेश मन्दिर)को अवलोकन गरेर त्यही बाटो सिधै बाङ्गेसाल फर्किने योजना सफल हुन नसकेको कुरा सहभागि समाजका सदस्य तथा पुराना पत्रकार राधेश्याम गुप्ता र युवा पत्रकार लिलाधर वलीले जानकारी दिनु भयो । समाजको टोली ऐरावती–बाङ्गेसाल बाटो बिग्रिएकोले सरुमारानी–ऐरावती गाउँपालिका जोड्ने निर्माण अन्तिम चरणमा रहेको माण्डवी नदीको पक्कि पुल अवलोकन गरी दुमई बजारमा चिया पिएर पुनः बडडाँडा कै बाटो फर्केको भनेर कार्यक्रमका प्रवक्तासमेत रहेका समाजका उपाध्यक्षद्वारा सम्प्रेशित समाचारमा उल्लेख रहेको छ ।
