Sidha Patra आइतबार, बैशाख १३, २०८३

काठमाडाैं । सार्वजनिक खरिद अनुगमन कार्यालयको अनलाइन प्रणालीमा अनधिकृत रुपमा पहुँच पुर्‍याएर ठुला सरकारी ठेक्का कब्जा गरेको अभियोगमा पक्राउ पर्नेको संख्या १० पुगेको छ ।

त्यस्तै पक्राउ पर्नेमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष तथा पूर्वमन्त्री ७४ वर्षीय विक्रम पाण्डे, ६४ वर्षीय टंककुमार श्रेष्ठ, ३३ वर्षीय दिवाकर देउजा, २५ वर्षीय भरत धामी, ३९ वर्षीय सञ्जय भट्ट, ३५ वर्षीय भाष्करराज अर्याल, ४० वर्षीय सागर कटुवाल, ६२ वर्षीय जीवनकुमार दास र अनिल श्रेष्ठ छन् ।

यस्तै,उनीहरुलाई प्रहरीले २३ चैतदेखि ११ वैशाखसम्मको अवधिमा पक्राउ गरेको हो । घटनाको अनुसन्धान नेपाल प्रहरीअन्तर्गतको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)मातहतको साइबर ब्युरोले गर्दै आएको छ । सिआइबीका प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठले इबिडिङ प्रणालीमा अनधिकृत पहुँच राखी ठुला ठेक्का हत्याउने धन्दामा संलग्नमध्ये हालसम्म १० जना पक्राउ परेको बताए ।

त्यस्तै,‘सार्वजनिक खरिद अनुगमन कार्यालयको इबिडिङ प्रणालीमा अनधिकृत पहुँच राखी ठुला ठेक्का हत्याउने धन्दामा संलग्न १० जना पक्राउ परेका छन् । प्रहरीले केही सातादेखि घटनाको अनुसन्धान गर्ने सिलसिलामा उनीहरु पक्राउ परेका हुन् । अनुसन्धान जारी छ । पक्राउ पर्नेको संख्या बढ्न पनि सक्छ,’ उनले भने ।

यस्तै,सिआइबीका अनुसार पक्राउ परेकामध्ये पाण्डे कालिका कन्स्ट्रक्सन र श्रेष्ठ भीषण कन्स्ट्रक्सनका सञ्चालक हुन् । उनीहरुसँगै पक्राउ परेका बोहरा चपुर निर्माण सेवाका मालिक हुन् । अन्य सातजना पनि विभिन्न ठेकेदार कम्पनीसँग आबद्ध छन् । जसले अनुगमन कार्यालयका इबिडिङ प्रणालीमा अनधिकृत पहुँच पुर्‍याएको प्रहरीको दाबी छ ।

त्यस्तै प्रहरीले उनीहरुविरुद्ध विद्युतीय कारोबार ऐन, ०६३ र संगठित कसुरअन्तर्गत अनुसन्धान प्रक्रिया अघि बढाएको छ । प्रहरीका अनुसार उनीहरुले ठेक्काको आर्थिक प्रस्ताव खोल्नु अगावै अनुगमन कार्यालयको प्रणाली ह्याक गर्थे । प्रणालीमा राखिएका दररेट चोरी गर्थे । सोही दररेटका आधारमा उनीहरुले ठेक्काका लागि प्रस्ताव हाल्थे । अन्ततः उनीहरुकै प्रस्ताव स्वीकृत हुने चरणमा पुग्थ्यो ।

प्रणालीमा कसैले अनावश्यक पहुँच पुर्‍याएको सूचनापछि अनुगमन कार्यालयले आन्तरिक रुपमा अध्ययन गरेको थियो । सूचना सही रहेको देखिएपछि कार्यालयले घटनाको अनुसन्धान गर्न सिआइबीमा जाहेरी दिएको थियो । सोही आधारमा सिआइबी मातहतको साइबर ब्युरोले घटनाको अनुसन्धान गरेको थियो । अनुसन्धानका क्रममा प्रणालीमा अनधिकृत रुपमा पहुँच राखी तथ्यांक चोरी गरेको र त्यसैलाई आधार बनाएर ठेक्काको प्रस्ताव गरिएको खुलेको थियो ।

त्यस्तै,सिआइबी प्रमुख एआइजी डा. मनोज केसीले भने, ‘ठेक्काहरुको आर्थिक प्रस्ताव खोल्नुभन्दा अगावै आर्थिक प्रस्तावको डकुमेन्ट परिवर्तन गर्ने रहेछन् । सोही आधारमा ठेक्का हत्याउने रहेछन् । यसरी यिनीहरुले ठुला प्रकृतिका तीनवटाभन्दा धेरै ठेक्का लिएको देखिन्छ । घटना सम्बन्धमा अझै अनुसन्धान भइरहेको छ । नयाँ तथ्य खुल्दै जालान् ।’

अनुमगन कार्यालयको उजुरीपछि साइबर ब्युरोले दुई महिनादेखि घटनाको अनुसन्धान गरिरहेको छ । हालसम्मको अनुसन्धानले अनुगमन कार्यालयको अनलाइन सिस्टममा अनुचित पहुँच (ह्याकिङ) पुर्‍याएको प्रशस्त प्रमाण भेटिएका छन् । प्रणालीमा पहुँच पुर्‍याएर अन्य कम्पनीको बोलपत्रको आर्थिक प्रस्ताव हेर्ने र त्योभन्दा कममा आफूले प्रस्ताव हालेर ठेक्का कब्जा गर्ने प्रवृत्ति देखिएको प्रहरीको भनाइ छ । सुरुमा यस विषयमा कार्यालयको आइटी टिमले छानबिन गरेको थियो ।कार्यालयले बोलपत्र डटकमडटएनपी मार्फत अनलाइन बोलपत्रको व्यवस्थापन गर्दै आएको छ । सोही वेबसाइटमा ठेकेदारहरुले बोलपत्र प्रविष्ट गर्नुपर्ने हुन्छ । नयाँ पत्रीका

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]