
Pbu
pku
Lnp
Unsku
Ggp
Rgp
Rgp1
Sgr
Srbpu

Wsp
Sls
Rsb
nsb
Rgu
Sbs
Bbbpu
Vor
Ksm
Pvg
Hal
Ssm
Rgu
Gst
Ggd
Bbu
Tsm
Rgs
Asm

Jmb
bbt
Bml
Ptm
Mks
Gsb
Abd
sab
Syp
Rpp
Jmb
Rmb
Pls
काठमाडौँ। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली २१ दिनपछि त्रिवि शिक्षण अस्पताल बाट डिस्चार्ज भएका छन्। पत्थरीको शल्यक्रिया भएको ६ दिनपछि शनिबार साँझ उनलाई अस्पतालबाट डिस्चार्ज गरी भक्तपुरको गुण्डुस्थित निवास लगिएको उनका सचिवालयले बताएको छ।
गौरीबहादुर कार्की आयोगको प्रतिवेदनका आधारमा जेनजी आन्दोलनसम्बन्धी घटनामा अनुसन्धानका लागि प्रहरीले गत चैत १४ गते ओलीलाई पक्राउ गरेको थियो। पक्राउपछि स्वास्थ्य परीक्षणका लागि उनलाई सोही दिन त्रिवि शिक्षण अस्पताल लगिएको हो , स्वास्थ्य जाँच गर्दा स्वास्थ्यमा समस्या देखिएपछि भर्ना गरिएको थियो।
अस्पतालमै राखेर प्रहरीले अनुसन्धान अघि बढाएको थियो। यसैबीच, उनकी पत्नी राधिका शाक्य ले सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै अदालतले चैत २६ गते उनलाई हिरासतमुक्त गर्न परमादेश दिएको थियो।
त्यसपछि प्रहरीले उनलाई पत्नी राधिकाको जिम्मा लगाएर हाजिरी जमानीमा रिहा गरेको थियो। यद्यपि, अस्पतालले सोही दिन डिस्चार्ज नगरी चैत ३० गते पित्तथैलीमा पत्थरीको शल्यक्रिया गरेको थियो। शल्यक्रियापछि ६ दिनको उपचारपछि उनलाई अन्ततः डिस्चार्ज गरिएको हो।
