Sidha Patra आइतबार, चैत्र २९, २०८२

काठमाडौँ । गुगलले आफ्नो इमेल प्लेटफर्म जिमेलका लागि नयाँ सुरक्षा अपडेट जारी गरेको छ ।

अब जिमेलको एन्ड-टु-एन्ड इन्क्रिप्सन (E2EE) फिचर एन्ड्रोइड र आईओएस प्रयोगकर्ताहरुका लागि पनि उपलब्ध हुने भएको छ । यो अपडेटपछि प्रयोगकर्ताहरूले सिधै आफ्नो मोबाइल एपबाटै इन्क्रिप्टेड इमेल पठाउन, पढ्न र व्यवस्थापन गर्न सक्नेछन् । यसअघि यस्तो सुविधाका लागि डेस्कटप वा अन्य थर्ड-पार्टी टुल्सको प्रयोग गर्नुपर्ने बाध्यता थियो ।

कसरी काम गर्छ यो फिचर ?

जिमेलको यो नयाँ फिचर क्लाइन्ट-साइड इन्क्रिप्सन (सीएसई) मा आधारित छ । यसको अर्थ इमेल पठाउनुअघि नै प्रयोगकर्ताको डिभाइसमा यो इन्क्रिप्ट हुन्छ। इमेल पठाउँदा प्रयोगकर्ताले लक आइकनमा ट्याप गरी ‘एडिसनल इन्क्रिप्सन’ विकल्प छनोट गर्नुपर्ने हुन्छ । यसो गर्दा सन्देश पूर्ण रुपमा सुरक्षित भएर जान्छ । यदि इमेल प्राप्त गर्ने व्यक्तिले पनि जिमेल प्रयोग गर्छ भने उसले यो इमेल सामान्य सन्देश जस्तै देख्नेछ । तर जिमेल प्रयोग नगर्नेहरूले भने वेब ब्राउजरमार्फत सुरक्षित रूपमा यसलाई एक्सेस गर्न र रिप्लाई दिन सक्नेछन् ।

को-को हुन् लक्षित प्रयोगकर्ता ?

यो फिचर हालका लागि गुगल वर्कस्पेस इन्टरप्राइज प्रयोगकर्ताहरूका लागि मात्र उपलब्ध गराइएको छ । सम्बन्धित संस्थाको एडमिनले एडमिन कन्सोलबाट यसलाई एक्टिभेट गर्नुपर्ने हुन्छ । यो सुविधा एन्ड्रोइड र आईओएस दुवै प्लेटफर्ममा सपोर्ट हुने गरी र्‍यापिड र सेड्युल्ड रिलिज दुवैमा रोलआउट सुरु भइसकेको छ ।

प्रयोगकर्ता र व्यवसायका लागि फाइदा

यो अपडेटपछि संवेदनशील इमेलहरु मोबाइलबाटै सुरक्षित रुपमा पठाउन सकिने भएकाले अब डेस्कटपमा निर्भर रहनुपर्ने अवस्था अन्त्य भएको छ। डाटा पूर्ण रुपमा इन्क्रिप्टेड रहने र इन्क्रिप्सनका ‘की’ हरु संस्थाकै नियन्त्रणमा रहने भएकाले यसले गोपनीयतालाई उच्च प्राथमिकता दिएको छ ।

विशेषगरी संवेदनशील डाटामा काम गर्ने कम्पनीहरुका लागि यो फिचर निकै उपयोगी हुनेछ । यसले कम्पनीहरुलाई डाटा सुरक्षा,गोपनीयता र कानुनी पालना सुनिश्चित गर्न ठुलो मद्दत पुर्‍याउने छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]