
Ssbus
Nssbus7
Amb
Gsbus
Rbs
gms
Ddhbs
Ratbs
Gsl
dsbus
Pbu
Csbus
Jsbus
Bksbus5

Sbs
Pvg
Ssm
Ksm
Gst
Ggd
Hal
Rgs
Wsp
Rgu
Sls
Asm
Rgu
Tsm
Bbu
Vor
Bbbpu
nsb
Rsb

Ptm
Pls
Jmb
Jmb
Bml
Rpp
Gsb
sab
Abd
Syp
bbt
Rmb
Mks
काठमाडौ: गगनकुमार थापा ले गत पुसमा सम्पन्न नेपाली कांग्रेसको विशेष महाधिवेशन विधानसम्मत रहेको बताएका छन्।
विशेष महाधिवेशनविरुद्ध शेरबहादुर देउवा र पूर्णबहादुर खड्का ले दायर गरेको रिट निवेदनको जवाफ दिँदै थापाले उक्त महाधिवेशन कानुन र पार्टी विधानअनुसार नै भएको जिकिर गरेका हुन्।
थापा समूहका अनुसार २४ मंसिर २०७८ मा सम्पन्न नेपाली कांग्रेस १४औं महाधिवेशन बाट निर्वाचित पदाधिकारीहरूको कार्यकाल २३ मंसिर २०८२ मा सकिएको थियो। असाधारण परिस्थिति भन्दै पदावधि पटक–पटक थप गरिएकोप्रति असहमति जनाउँदै
उनीहरूले हचुवाको भरमा म्याद थप्न नहुने बताएका छन्।
उक्त अवस्थामा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गरेपछि त्यसै आधारमा पुसमा विशेष महाधिवेशन आयोजना गरिएको थापाको दाबी छ।
उनले नेपाली कांग्रेसको विधानअनुसार केन्द्रीय कार्यालय महामन्त्रीको मातहत रहने र महामन्त्रीहरूले नै त्यसको सञ्चालन तथा रेखदेख गर्ने व्यवस्था भएकाले उनीहरूद्वारा आह्वान गरिएको विशेष महाधिवेशन वैधानिक भएको उल्लेख गरेका छन्।
लिखित जवाफमा थापाले भनेका छन्, “केन्द्रीय समितिका जिम्मेवार पदाधिकारी महामन्त्रीहरूले आह्वान गरेको विशेष महाधिवेशनलाई अन्यथा भन्न मिल्ने देखिँदैन।”
साथै, उक्त विशेष महाधिवेशनबाट कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू निर्वाचित हुनु पनि कानुनसम्मत रहेको र पार्टी हाल प्रचलित कानुनअनुसार निर्वाचन आयोगमा अद्यावधिक भइसकेको उनले दाबी गरेका छन्।
