
Bksbus5
Nssbus7
Amb
Csbus
Jsbus
Gsbus
Pbu
Ssbus
dsbus
Ratbs
gms
Rbs
Ddhbs
Gsl

Tsm
Bbu
Ksm
Hal
Vor
Pvg
Sls
Rgs
Rgu
Gst
Ggd
nsb
Rgu
Bbbpu
Sbs
Wsp
Asm
Ssm
Rsb

Syp
Rmb
Bml
Mks
Jmb
Pls
Jmb
bbt
Ptm
Rpp
sab
Gsb
Abd
काठमाडौँ । आज नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा विभिन्न कार्यक्रम आयोजना गरि जनआन्दोलन दिवस मनाइँदै छ ।
विसं २०४६ चैत २६ गते ३० वर्षीय पञ्चायती शासन व्यवस्थाको अन्त्य गर्दै प्रजातन्त्र पुनः स्थापना भएको सम्झनामा आज दिवस मनाउन लागिएको हो । विसं २०१७ पुस १ गते राजा महेन्द्रले सुरु गरेको पञ्चायती व्यवस्थाको अन्त्य २०४६ चैत २६ गते भएको थियो ।
नेपाली काङ्ग्रेसको नेतृत्वमा वाम मोर्चासहित भएको संयुक्त जनआन्दोलनपछि ३० बर्से पञ्चायती व्यवस्थाको अन्त्य भएको थियो । सोही दिनदेखि नेपालमा बहुदलीय शासन व्यवस्था पुनः स्थापना भएको हो ।
त्यस्तै काङ्ग्रेस नेता गणेशमान सिंहको नेतृत्वमा भएको जनआन्दोलन ५० दिनसम्म चलेको थियो । २००७ साल फागुन ७ गते नेपालमा प्रजातन्त्र स्थापना भएको दिनको अवसर पारी २०४६ फागुन ७ गतेदेखि जनआन्दोलन सुरु भएको थियो । तत्कालीन राजा वीरेन्द्रले देशवासीका नाममा सम्बोधन गर्दै २६ गते बहुदलीय व्यवस्था पुनः स्थापनाको घोषणा गरेका थिए ।रासस
