
Bksbus5
Amb
Pbu
Gsbus
Ssbus
Nssbus7
gms
Gsl
Jsbus
Ddhbs
Csbus
Rbs
dsbus
Ratbs

Ksm
Gst
Sbs
Asm
Pvg
Hal
Bbbpu
Tsm
Ssm
Sls
Rsb
Ggd
Wsp
nsb
Rgs
Vor
Bbu
Rgu
Rgu

Pls
Ptm
Mks
bbt
sab
Gsb
Jmb
Abd
Bml
Rpp
Jmb
Rmb
Syp
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू र आफ्नो परिवार विरुद्ध सरकारले अघि बढाएको सम्पत्ति शुद्धीकरण सम्बन्धि विषयमा बोलेका छन् । सम्पत्तिसम्बन्धी विषयमा प्रचारबाजीलाई उनले ‘भ्रामक र झुटा भनेका छन् ।
त्यस्तै देउवाले बुधबार साँझ फेसबुकमा नेपालको कानुनअनुसार सार्वजनिक पदमा रहँदा आफ्नो सम्पत्तिको यथार्थ विवरण सम्बन्धित सरकारी निकायमा पेस गरेको उल्लेख गरेका छन् । ‘म र मेरो परिवारका बारेमा सम्पत्ति सम्बन्धि विषयमा भ्रामक र झुटा प्रचारबाजी भएको जानकारी गराउन चाहन्छु,’उनले लेखेका छन् ।
देशमा लोकतान्त्रिक शासन व्यवस्थाको स्थापना, विधिको शासन, स्वतन्त्र न्यायपालिका, पारदर्शीतासँगै राज्यका अंगहरु स्वतन्त्र र सक्षम हुनुपर्दछ भन्ने मान्यताका लागि आफूले सिंगो जीवन संघर्षमै व्यथित गरेको देउवाले बताएका छन् । आफ्नो जीवन एउटा खुला पुस्तकका रुपमा रहेको उनको भनाइ छ । बरु भ्रष्टाचारमुक्त समाज निर्माण र सुशासन कायम गर्न २०४८ सालमा गृहमन्त्री हुँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन र प्रधानमन्त्रीत्व कार्यकालमा भ्रष्टाचार निवारण ऐन २०५९ लागू गर्न आफूले अग्रसरता लिएको उनले पोस्टमार्फत स्मरण गराए ।
त्यस्तै हाल आफू स्वास्थ्य उपचारका निम्ति विदेशमा रहेको र अझै उपचार क्रम जारी रहेको जानकारी गराउँदै देउवाले वास्तविकता समयक्रमसँगै खुल्दै जाने लेखेका छन् । अतिरञ्जना गरी सार्वजनिक भएका विवरणहरूबाट भ्रममा नपर्न उनको अपिल छ ।
यस्तै सरकारले देउवा दम्पतीविरुद्ध सम्पत्ति शुद्धीकरण प्रक्रिया सुरु गरेपछि सामाजिक सञ्जालमार्फत उनको धारणा आएको हो ।
