
Sds
Gisld
Rbs
Pbu
mbd
Mbdvs

Rgu
Rsb
Sls
Ksm
Hal
nsb
Bbbpu
Tsm
Ggd
Sbs
Gst
Rgu
Ssm
Bbu
Asm
Rgs
Wsp
Pvg
Vor

Syp
sab
Pls
Rmb
bbt
Jmb
Abd
Rpp
Bml
Mks
Gsb
Ptm
Jmb
दाङ । अटोको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर ६ चोरगाउँमा रा १ ह २८२४ नम्बरको अटोले ठक्कर दिदा ३ बर्षिया बालिका आकांक्षा चौधरीको मृत्यु भएको हो ।
घर अगाडीको बाटोमा खेलिरहेका बालिकालाई अटोले ठक्कर दिएको प्रहरीले जनाएको छ । गम्भिर घाईते अबस्थामा बालिकालाई राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा ल्याईएको र उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ ।
अटो चालक घोराही ६ बचाहका २७ बर्षिय कमल पुनलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । यसैविच जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले अटो चालकहरुलाई ट्राफिक नियमको अनिवार्य पालना गर्न निर्देशन दिएको छ ।
चालक अनुमती पत्र बिनै अटो चलाउने, सीट क्षमता भन्दा धेरै यात्रु बोक्ने,तिब्र गतिमा कुदाउने, तोकिएको भन्दा बढी भाडा लिने जस्ता गुनासो बढेपछि प्रहरीले यसलाई नियन्त्रण गर्न थालेको जनाएको छ ।
