
Ddhbs
Jsbus
Nssbus7
Pbu
gms
dsbus
Gsl
Gsbus
Ratbs
Amb
Csbus
Ssbus
Rbs
Bksbus5

Ksm
Gst
Vor
Sls
nsb
Rgu
Hal
Wsp
Rgu
Asm
Tsm
Pvg
Ssm
Rgs
Ggd
Sbs
Bbbpu
Bbu
Rsb

Jmb
Rmb
bbt
Pls
sab
Jmb
Bml
Gsb
Abd
Rpp
Syp
Ptm
Mks
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ३ बसन्तपुरमा नेपाली काङ्ग्रेसको वडा कमिटीको कार्यालय शनिबार एक कार्यक्रमको बीचमा उद्घाटन भएको छ ।
नेपाली काङ्ग्रेस वडा नम्बर ३ को इकाई कमिटीका सभापति बालकराम यादवको सभापतित्व तथा नेपाली काङ्ग्रेस जिल्ला उपसभापति हिरालाल चौधरीको प्रमुख आतिथ्यता र क्षेत्र नम्बर १ का सभापति भेषराज पाण्डेको विशेष अतिथिमा उद्घाटन भएको कार्यक्रममा बोल्ने वक्ताहरुले नेपाली काङ्ग्रेसले अब प्रत्येक वडामा आफ्नो सम्पर्क कार्यालयको स्थापना गरेर नेपाली जनताको लागि कार्य गर्ने बताएका छन् । त्यस्तै नेताहरुले कम्युनिस्टहरुको सबै क्रियाकलाप नेपाली जनतलाई दुख दिने बाहेक अरु केही नभएको हुँदा अब नेपाली काङ्ग्रेस अग्रसर भएर जनताको सेवामा कार्य गर्ने बताएका थिए ।
राजपुर इकाई कमिटीका सविब केशवराम यादवको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा, विभागीय केन्द्रीय सदस्य अनुराग यादव,जिल्ला पुर्व उपसभापति नारायण बिसी,जिल्ला सदस्य शालिकराम यादव,जिल्ला सदस्य सर्वजित डि.सी.जिल्ला सदस्य रामप्रताब यादव, राजपुर गाउँ इकाई कमिटीका सभापति शरद कुमार बि.सी.राजपुर गाउँपालिका उपाध्यक्ष धनपती देवी यादव, क्षेत्रीय सचिव त्रिजोगी यादव,दलित संघ क्षेत्र नम्बर १ का संयोजक पर्बल रसाइली,नेता रामवरण यादव,यादव समाज संघ गढवाका अध्यक्ष हिरालाल यादव,वडा नम्बर ३ इकाई कमिटीका सल्लाहकार द्वारीका यादव,तरुण दलका जिल्ला सदस्य जमुना प्रसाद यादव,नेवि संघका पुर्व जिल्ला सदस्य लवकुश यादव,महिला संघ राजपुरका अध्यक्ष रिता बि.क,ने.वि संघ राजपुरका अध्यक्ष एकराज यादव लगायतकाले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा सहभागी अतिथिलाई धन्यवाद ज्ञापन पुर्व जिल्ला सदस्य राम कुबेर यादव दिनु भएको थियो भने कार्यक्रमको संचालन सो वडा इकाई कमिटीका सचिव भगवान दिन यादवले गर्नु भएको थियो ।
