
Mbdvs
Sds
Rbs
Pbu
mbd
Gisld

Vor
Asm
Bbu
Ggd
Rgs
Tsm
nsb
Rgu
Hal
Bbbpu
Wsp
Gst
Pvg
Rsb
Ssm
Sbs
Rgu
Sls
Ksm

Mks
Gsb
Rpp
Jmb
Pls
Syp
bbt
Ptm
Abd
sab
Jmb
Rmb
Bml
कास्की । पोखरामा ट्रान्स पार्टी ( बिदेशीहरुको उपस्थिति लागूऔषध सहितको अवैध पार्टी) गर्ने ३८ जना पक्राउ परेका छन् ।
पोखरा महानगरपालिका वडा नम्बर १८ सेदीस्थित फेवातालमाथि जंगलनजिकै रहेको एकान्त घरमा नेपाली र विदेशी मिलेर रात्रीकालिन समयमा ट्रान्स पार्टी गरेको आरोपमा प्रहरीले ३८ जनालाई नियन्त्रणमा लिएको हो ।
मंगलबार राती छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नविन कार्कीले जानकारी दिए । पार्टीमा लागुऔषध प्रयोग र विक्री भइरहेको सूचना पनि प्रहरीले पाएको थियो । त्यसपछि वडा प्रहरी कार्यालय बैदामका डिएसपी नवराज भट्टराइको नेतृत्वमा प्रहरीले छापा मारेको थियो ।
प्रहरी उपरीक्षक कार्कीकाअनुसार नियन्त्रणमा लिएकामध्ये आठ जनासँग लागूऔषध फेला परेको छ। एक जना ईजरायली, दुई जना भारतीय र पाँच जना नेपाली नागरिकसँग लागूऔषध फेला परेको उनले बताए ।
त्यस्तै उनीहरुविरुद्ध लागूऔषधसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको र सोहीअनुसार मुद्दा चलाइएको छ । बाँकी रहेकाहरुको हकमा भने विगतको अपराधिक पृष्ठभुमी खोजिरहेको र सोही अनुसार कारवाही प्रक्रिया अगाडी बढाउने कार्कीले जानकारी दिए ।देशसञ्चार
