
Sds
Rbs
Gisld
Mbdvs
mbd
Pbu

nsb
Sbs
Sls
Pvg
Gst
Bbu
Asm
Ggd
Vor
Tsm
Rgu
Ssm
Rgu
Rgs
Ksm
Hal
Bbbpu
Wsp
Rsb

Gsb
Rpp
Ptm
Mks
Jmb
Pls
Syp
Jmb
Rmb
Abd
bbt
Bml
sab
काठमाडौं । काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् ।
मंगलबार बिहान काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलको टोलीले उनलाई पक्राउ गरेको हो । उनलाई सुविधानगरस्थित निवासबाटै पक्राउ गरिएको कार्यालयका एसएसपी सन्तोष खड्काले जानकारी दिए।
भदौ २३ र २४ गते जेनजी आन्दोलन हुँदा रिजाल काठमाडौंका प्रमुख जिल्ला अधिकारी थिए । जेनजी आन्दोलन जाँचबुझ आयोगको सिफारिस अनुसार अनुसन्धान गर्न उनलाई पक्राउ गरिएको हो । आयोगले मुलुकी अपराध संहिता २०७४ को दफा १८२ अनुसार हेलचेक्र्याइँ गरी ज्यान मार्न नहुने कसुरमा अनुसन्धान र अभियोजन गर्न सिफारिस गरिएको थियो ।
हेलचेक्र्याइँ गरी ज्यान मार्न नहुने कसुरमा तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक पक्राउ परिसकेका छन् ।सेतोपाटी
