
Pbu
Ratbs
Bksbus5
Rbs
Ddhbs
dsbus
Ssbus
Csbus
Nssbus7
Jsbus
Gsbus
Amb
Gsl
gms

Bbu
nsb
Ggd
Rgs
Wsp
Rsb
Bbbpu
Sbs
Rgu
Gst
Ksm
Sls
Rgu
Hal
Asm
Ssm
Vor
Pvg
Tsm

Syp
Rmb
Ptm
sab
Pls
bbt
Rpp
Gsb
Mks
Jmb
Bml
Jmb
Abd
काठमाडौँ । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश आनन्द श्रेष्ठले दुवै जनालाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएका हुन् ।
चैत १४ मा प्रहरीले ओली र लेखकलाई पक्राउ गरेर आइतबार अदालतमा उपस्थित गराएको थियो । उनीहरू विरुद्ध भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनमा दमन गरेर किशोरहरूमाथि घातक हतियारबाट गोली प्रहार गर्ने आदेश दिएको आरोप छ ।
गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले ओली र लेखक सहित तत्कालीन केन्द्रीय सुरक्षा समितिका अधिकारीहरूलाई फौजदारी मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेको थियो । सिफारिस अनुसार प्रहरीले उनीहरूमाथि ‘ज्यान सम्बन्धी कसुर’मा समेत अनुसन्धान गरिरहेको छ ।
उच्चस्तरीय जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्न प्रहरीमा पठाइएको छ । मन्त्रिपरिषद्को निर्णय अनुसार गौरीबहादुर कार्की नेतृत्वको आयोगले बुझाएको प्रतिवेदन प्रहरीमा पठाइएको हो । प्रतिवेदन कार्यान्वयनको लागि आएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी रमेश थापाले रातोपाटीलाई बताए ।
सो प्रतिवेदनको आधारमा प्रहरीले ओली र लेखकमाथि अनुसन्धान गरिरहेको छ । केन्द्रीय सुरक्षा समितिका सबै पदाधिकारीलाई आयोगले फौजदारी मुद्दा चलाउन सिफारिस गरे पनि मन्त्रिपरिषद्ले सुरक्षा निकायका अधिकारीहरूको हकमा छुट्टै समिति गठन गरेर अध्ययन गर्ने निर्णय गरेको छ ।
केन्द्रीय सुरक्षा समितिमा प्रहरीका आईजीपी, सशस्त्र प्रहरीका महानिरीक्षक, गृह मन्त्रालयका सचिव र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सदस्य हुन्छन् । जेनजी प्रदर्शनमा ७६ जनाको मृत्यु भएको थियो ।
