आशिष केसी आइतबार, चैत्र ०१, २०७७

दाङ । तुलसीपुर उपमहानगरपालिका वडा न. ७ स्थित कालाखोलामा जारी भोटे मेलामा आज चौथो दिन पनि दर्शकको बाक्लो उपस्थिती रहेको थियो । मेलाका सांस्कृतिक संयोजक दिपक कुमालका अनुसार हिजोको तुलनामा आज ९शनिबार० दर्शकको संख्यामा बृद्धि भएको हो ।

उनले भने – ञआज दर्शकको संख्या थामिनसक्नु थियो, आज शनिबार भएर पनि होला, अनि कलाकार पनि सबैलाई मनपर्ने हुनुहुन्थ्यो । आज चर्चित लोक गायक पुष्कल शर्मा, प्रेम विवश घर्ती, सचिन परियार, गायीका सिर्जु अधिकारी लगायत स्थानीय कलाकारहरुको प्रस्तुती रहेको थियो । मेलामा आफुहरुले उत्कृष्ट कलाकारहरु ल्याउन सफल भएको संयोजक कुमालले बताए । उनका अनुसार मेलामा आयोजकले अपेक्षा गरेभन्दा धेरै दर्शक आएका छन् ।

यस्तै भोलि (आईतबार) गायक पशुपति शर्मा, कृष्ण रेउले लगायत स्थानीय कलाकारहरुको समेत प्रस्तुती रहने उनले बताए । मेलाको आकर्षणका लागि मौतकी कुवा, पिङ, बाल उद्यान लगायत अन्य मनोरञ्जनका सामग्रीहरु समेत राखिएको छ । मेलामा एक सय २० वटा व्यबसायीक तथा कृषि स्टलहरु राखिएको छ ।

साथै मेलामा ञहेल्पिङ ह्यान्ड दाङलेझ निस् शुल्क ञहेल्थ डेस्कझ को व्यवस्था गरेको छ । मेलामा दुर्घटना तथा आकस्मिक बिरामी परेका हरुका लागि मेला अबधिभर निस्शुल्क स्वास्थ्य सेवा प्रदान गरिरहेको संस्थाका अध्यक्ष शालिकराम गौतमले बताए ।

तुलसीपुर एक्सप्रेस प्रालिको आयोजना, रानीघाट युवा क्लबको सह–आयोजना तथा तुलसीपुर उपमहानगर पालिका वडा न. ७ को संरक्षणमा लगाईएको ऐतिहासिक भोटे मेलामा ईतिहास झल्कने विभिन्न प्रस्तुति समेत प्रस्तुत गरिएको छ । मेलामा घोडा दौड प्रतियोगिताको समेत आयोजना गरिएको थियो ।

‘आन्तरिक पर्यटन प्रबर्द्वनका लागि ऐतिहासिक भोटे मेला २०७७’ भन्ने नाराका साथ यही फागुन २६ गतेदेखि सुरु भएको मेला चैत २ गते सम्म चल्ने मेलाका संयोजक दोर्ण आचार्यले बताए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]