
Csbus
Ddhbs
Gsbus
Amb
syysr
Bksbus5
Nssbus7
Ratbs
Ssbus
Gsl
dsbus
Jsbus
Pbu
gms
Rbs
Syees

Bbbpu
Wsp
Pvg
Sls
Ssm
Ggd
Rgu
Ksm
Vor
Hal
Rsb
nsb
Gst
Rgs
Asm
Sbs
Bbu
Tsm
Rgu

Syp
Gsb
bbt
Rpp
Jmb
Bml
Mks
Ptm
Rmb
Jmb
Pls
sab
Abd
दाङ । तुलसीपुर उपमहानगरपालिका वडा न. ७ स्थित कालाखोलामा जारी भोटे मेलामा आज चौथो दिन पनि दर्शकको बाक्लो उपस्थिती रहेको थियो । मेलाका सांस्कृतिक संयोजक दिपक कुमालका अनुसार हिजोको तुलनामा आज ९शनिबार० दर्शकको संख्यामा बृद्धि भएको हो ।
उनले भने – ञआज दर्शकको संख्या थामिनसक्नु थियो, आज शनिबार भएर पनि होला, अनि कलाकार पनि सबैलाई मनपर्ने हुनुहुन्थ्यो । आज चर्चित लोक गायक पुष्कल शर्मा, प्रेम विवश घर्ती, सचिन परियार, गायीका सिर्जु अधिकारी लगायत स्थानीय कलाकारहरुको प्रस्तुती रहेको थियो । मेलामा आफुहरुले उत्कृष्ट कलाकारहरु ल्याउन सफल भएको संयोजक कुमालले बताए । उनका अनुसार मेलामा आयोजकले अपेक्षा गरेभन्दा धेरै दर्शक आएका छन् ।
यस्तै भोलि (आईतबार) गायक पशुपति शर्मा, कृष्ण रेउले लगायत स्थानीय कलाकारहरुको समेत प्रस्तुती रहने उनले बताए । मेलाको आकर्षणका लागि मौतकी कुवा, पिङ, बाल उद्यान लगायत अन्य मनोरञ्जनका सामग्रीहरु समेत राखिएको छ । मेलामा एक सय २० वटा व्यबसायीक तथा कृषि स्टलहरु राखिएको छ ।
साथै मेलामा ञहेल्पिङ ह्यान्ड दाङलेझ निस् शुल्क ञहेल्थ डेस्कझ को व्यवस्था गरेको छ । मेलामा दुर्घटना तथा आकस्मिक बिरामी परेका हरुका लागि मेला अबधिभर निस्शुल्क स्वास्थ्य सेवा प्रदान गरिरहेको संस्थाका अध्यक्ष शालिकराम गौतमले बताए ।
तुलसीपुर एक्सप्रेस प्रालिको आयोजना, रानीघाट युवा क्लबको सह–आयोजना तथा तुलसीपुर उपमहानगर पालिका वडा न. ७ को संरक्षणमा लगाईएको ऐतिहासिक भोटे मेलामा ईतिहास झल्कने विभिन्न प्रस्तुति समेत प्रस्तुत गरिएको छ । मेलामा घोडा दौड प्रतियोगिताको समेत आयोजना गरिएको थियो ।
‘आन्तरिक पर्यटन प्रबर्द्वनका लागि ऐतिहासिक भोटे मेला २०७७’ भन्ने नाराका साथ यही फागुन २६ गतेदेखि सुरु भएको मेला चैत २ गते सम्म चल्ने मेलाका संयोजक दोर्ण आचार्यले बताए ।
