
Bksbus5
Jsbus
Ratbs
Ssbus
Amb
dsbus
Pbu
Gsbus
Csbus
Nssbus7
Rbs
Gsl
Ddhbs
gms

Bbbpu
Wsp
Vor
Ggd
Rsb
Rgu
Bbu
Ssm
Sbs
Tsm
Ksm
Hal
Rgs
Gst
Rgu
Asm
Sls
nsb
Pvg

Bml
Mks
Gsb
Rpp
Rmb
Ptm
Jmb
Jmb
sab
Abd
bbt
Syp
Pls
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा भइरहेको प्रदर्शनका क्रममा नेकपा एमालेका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।
माइतीघर–बबरमहल क्षेत्रमा केहीबेरदेखि अवस्था तनावपूर्ण बनेको हो । स्थिति नियन्त्रणमा लिनका लागि प्रहरीले आवश्यक बल प्रयोग गरिरहेको छ । प्रदर्शनका क्रममा एक प्रदर्शनकारी घाइते भएका छन् । उनको टाउको फुटेको छ ।
काठमाडौंको माइतीघर–बबरमहल क्षेत्रमा हिजोदेखि नै एमालेका कार्यकर्ताहरु प्रदर्शनमा उत्रिएका हुन् । एमालेका जनवर्गीय संगठनहरुले देशैभर जिल्ला प्रशासन कार्यालयमा विरोध पत्र पनि बुझाएका छन् ।
त्यस्तै गत २३ र २४ भदौमा जेनजी आन्दोलन भएको थियो । उक्त आन्दोलनमा दमन भएको थियो । जेनजी आन्दोलनको बेला एमालेका अध्यक्ष ओली प्रधानमन्त्री थिए भने काङ्ग्रेस नेता रमेश लेखक गृहमन्त्री थिए । ओली र लेखक पक्राउ परेपछि एमालेले विरोधमा प्रदर्शन थालेको हो ।अनलाइनखबर
