
Bksbus5
Ratbs
Csbus
gms
dsbus
Ssbus
Rbs
Pbu
Ddhbs
Nssbus7
Jsbus
Amb
Gsbus
Gsl

Rgu
Pvg
Sbs
Rgs
nsb
Asm
Rgu
Hal
Tsm
Sls
Ggd
Bbbpu
Rsb
Wsp
Ssm
Vor
Gst
Ksm
Bbu

Bml
Ptm
Abd
sab
Mks
Pls
Rmb
Jmb
Syp
Gsb
Jmb
Rpp
bbt
काठमाडौँ । नेकपा (एमाले)ले पार्टीका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई तत्काल रिहाइ गर्न माग गरेको छ ।
शनिबार च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले ओली र लेखकको पक्राउ गैरकानुनी भएको भन्दै तत्काल रिहाइ गर्न माग गरेको महासचिव शङ्कर पोखरेलले जानकारी दिए ।
बैठकले पक्राउ गरिएको घटनाको निन्दा गर्दै पक्राउ लोकतन्त्र र कानुनी शासनको विपरीत भएको निष्कर्ष निकालेको छ । साथै बैठकले उक्त घटनाको कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिवाद गर्ने निर्णय गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । जसअनुसार प्रत्येक जिल्लाको सदरमुकामका साथै जिल्ला पार्टी कमिटीको आयोजनामा व्यापक प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीलाई विरोध पत्र बुझाउने निर्णय भएको महासचिव पोखरेलले बताए ।
त्यस्तै बैठकले लोकतन्त्र र कानुनी राज्यका पक्षधर सबै दलहरूसँग संवाद र सहकार्य गर्ने निर्णय गरेको उनले जानकारी दिए । उनले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको नेतृत्वमा छुट्टै आयोग गठन गर्न माग गरेको बताए ।
यस्तै गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले दिएको सिफारिसको आधारमा प्रहरीले शनिबार एमाले अध्यक्ष ओली र पूर्वगृहमन्त्री लेखकलाई पक्राउ गरेको थियो ।
