
Nssbus7
Pbu
Ddhbs
Ssbus
Amb
Jsbus
Rbs
Gsbus
Bksbus5
gms
Gsl
dsbus
Csbus
Ratbs

Sbs
Rgu
Rgs
Ssm
Wsp
Ggd
Rsb
Tsm
Gst
Bbbpu
Pvg
Sls
Bbu
Ksm
Hal
nsb
Rgu
Asm
Vor

Gsb
sab
Ptm
Bml
bbt
Syp
Rpp
Mks
Rmb
Abd
Jmb
Jmb
Pls
दाङ । देउखुरीको लमही नगरपालिका स्तरीय परिक्षा समितिको बैठक आइतबार सम्पन्न भएको छ । बैठकमा आगामी चैत ८ गतेदेखि कक्षा ८ को नगर स्तरीय परिक्षा हुँदै छ । उक्त परिक्षाका लागि ७ वटा परिक्षा केन्द्र तोकिएको छ ।
लमही नगरपालिका भित्र संस्थागत र सामुदायिक गरि २८ वटा विद्यालय संचालित छन् । यो वर्ष कक्षा ८ को नगर स्तरीय परिक्षामा १ हजार २ सय ९० जना बालबालिका सहभागी हुँदै छन् ।
बगार बाबा माध्यमिक विद्यालय रिहार,राप्ती माध्यमिक विद्यालय उच्चानिम्बु,आदर्श नमूना माध्यमिक विद्यालय देउपुर,माध्यमिक विद्यालय फल्कापुर,खीम बहादुर शाह माध्यमिक विद्यालय कोलही,ज्ञानज्योती मोडेल स्कुल लमही र जनता माध्यमिक विद्यालय वनगाउँमा परिक्षा केन्द्र तोकिएको छ ।
त्यसैगरी कक्षा ५ को पनि नगर स्तरीय परिक्षा यहीँ चैत ८ गतेदेखि हुँदै छ । उक्त परिक्षामा एक हजार २ सय ९४ विद्यार्थी सहभागी हुने भएको लमही नगरपालिका शिक्षा शाखा प्रमुख केशव लम्सालले जानकारी दिए ।
लमही नगरपालिकाका कार्यवाहक नगर प्रमुख लक्ष्मी योगीले परीक्षा मर्यादित,व्यवस्थित तथा सभ्य वातावरणमा सञ्चालन गर्न सम्बन्धित सबै पक्षलाई आवश्यक निर्देशन दिएकी छिन् । उनले परीक्षा निष्पक्ष र अनुशासित ढङ्गले सम्पन्न गराउन शिक्षक,कर्मचारी तथा सरोकारवालालाई समन्वयात्मक रुपमा काम गर्न आग्रह गरेकि छिन् ।
लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा नगरस्तरीय परीक्षा समितिका संयोजक गेहेन्द्र बहादुर डाँगीले बालबालिकालाई सहज र पायक पर्ने गरी परीक्षा केन्द्र तोकिएको जानकारी दिए । उनका अनुसार परीक्षालाई व्यवस्थित,मर्यादित र निष्पक्ष बनाउन आवश्यक तयारी अघि बढाइएको छ ।
नगरपालिकाले परीक्षा सञ्चालनलाई प्रभावकारी बनाउन सम्बन्धित विद्यालय,शिक्षक तथा सरोकारवालासँग समन्वय गरेर काम गरिरहेको जनाएको छ । साथै परीक्षालाई शान्तिपूर्ण र व्यवस्थित बनाउन सबै पक्षलाई सहयोग गर्न लमही नगरपालिकाले आग्रह समेत गरेको छ ।
