
mbd
Pbu
Sds
Mbdvs
Rbs
Gisld

Rgu
Wsp
Bbbpu
Rgs
Pvg
Sls
Asm
Ssm
Bbu
Rgu
Ggd
Gst
Sbs
Ksm
Rsb
Hal
Vor
Tsm
nsb

Abd
Ptm
sab
Rmb
Jmb
Pls
Bml
Mks
bbt
Rpp
Syp
Gsb
Jmb
दाङ । घोराही उपमहानगरपालिका(१० नारायणपुरमा रहेको श्री सिद्धरत्ननाथ नमूना माद्यामिक विद्यालयको जग्गामा निर्माण गरिएका सटरहरुको उदघाटन गरिएको छ । विद्यालय व्यवस्थापन समितिले स्कुलको आम्दानी बढाउनका लागि निर्माण गरेका १९ वटा सटरको उदघाटन गरिएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपक पाण्डेको अध्यक्षता तथा घोराही उपमहानगर पालिकाका सामाजिक शाखा प्रमुख एवं घोराही उपमहानगरपालिका १८ का अध्यक्ष भारत अर्यालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्ने बक्ताहरुले सुन्य आम्दानीको स्रोत रहेको बिधालयमा निर्माण भएका सटरहरुले विद्यालयको आर्थिक अबस्था सुदृढीकरणमा सहयोग पुर्याउने बताएका थिए । साथै उनीहरुले बिधालयको शैक्षिक सुधारमा समेत सहयोग पुग्ने अपेक्षा गरेका थिए ।
कार्यक्रममा घोराही उपमहानगरपालिका(१० का अध्यक्ष चित्रबहादुर डाँगी निर्मल,नेपाली कांग्रेसका जिल्ला सदस्य कमल ओली,नेकपा एमालेका तिलक महरा, नारायणपुर उद्योग बाणिज्य संघका अध्यक्ष महेन्द्रकुमार दाहाल, नारायणपुर खानेपानी उपभोक्ता तथा सरसफाई सस्थाका अध्यक्ष कुलप्रसाद रजौरे श्रवण,विद्यालयका निवर्तमान प्रधानाध्यापक टोपबहादुर केसी,लराजमोका चन्द्रबहादुर रावतलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
विद्यालयको ७९ बिगाह जग्गा उपभोग गर्ने वातावरण मिलाउन आग्रह गरेका थिए । बिद्यालयका प्रधानाध्यापक उत्तम खनालले सटर निर्माणका बारेमा जानकारी गराएका थिए । शिक्षिका बिन्दु आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षक युवराज बस्नेतले गरेका थिए । बिधालय, घोराही(१० वडा कार्यालय, उपमहानगरपालिका र बेस सस्थाको सहयोगमा १९ वटा सटर कोठा निर्माण गरिएको छ ।
