
Ddhbs
Jsbus
Gsl
Gsbus
dsbus
Ssbus
Nssbus7
Bksbus5
Amb
Ratbs
Pbu
Rbs
Csbus
gms

Ksm
nsb
Sls
Pvg
Vor
Ssm
Rgs
Rgu
Bbu
Rsb
Wsp
Sbs
Tsm
Ggd
Gst
Hal
Asm
Bbbpu
Rgu

sab
Bml
Rpp
Abd
Syp
Mks
Ptm
bbt
Jmb
Pls
Gsb
Rmb
Jmb
दाङ । घोराही स्थित गुरुकुल एकेडेमीका कक्षा ११ र १२ का विज्ञान संकायका विद्यार्थिहरुले पाण्डवेश्वर महादेव मन्दिर,धारपानीमा सरसफाई कार्यक्रम सम्पन्न गरेका छन् ।
विद्यालयको वार्षिक शैक्षिक क्यालेन्डर अन्तर्गत रहेको सामाजिक कार्य कार्यक्रम अनुसार आज उक्त सरसफाई अभियान सञ्चालन गरिएको हो । प्लस टु संयोजक राजन अधिकारीको नेतृत्वमा आयोजित कार्यक्रममा कक्षा ११ र १२ का विद्यार्थिहरुले मन्दिर परिसर तथा वरपरको क्षेत्रमा सरसफाई गरेका थिए । विद्यार्थिहरुले मन्दिर परिसरमा जम्मा भएको फोहोर संकलन गरी वातावरण सफा बनाउनुका साथै सरसफाईप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको विद्यालयले जनाएको छ।
कार्यक्रमका क्रममा विद्यार्थिहरुले मन्दिर व्यवस्थापन समितिलाई सरसफाईका लागि आवश्यक सामाग्री समेत हस्तान्तरण गरेका छन् । उनीहरुले डस्टबिन, झाडु,मास्क र पन्जा लगायतका सामग्री मन्दिरलाई प्रदान गरेका थिए, जसले भविष्यमा पनि मन्दिर परिसरलाई स्वच्छ राख्न सहयोग पुग्ने विश्वास गरिएको छ ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेश अधिकारीले युवापुस्ताले धार्मिक स्थलको संरक्षण र सरसफाईमा देखाएको सक्रियताप्रति प्रशंसा व्यक्त गर्दै गुरुकुल एकेडेमी परिवारप्रति धन्यवाद ज्ञापन गरेका थिए । उनले यस्ता सामाजिक तथा वातावरणीय कार्यले समाजमा सकारात्मक सन्देश दिने बताए ।
विद्यालयले विद्यार्थिहरुलाई पाठ्यपुस्तकको ज्ञानसँगै सामाजिक उत्तरदायित्व र वातावरण संरक्षणप्रति सचेत बनाउन समय–समयमा यस्ता कार्यक्रमहरु आयोजना गर्दै आएको जनाएको छ । गुरुकुल एकेडेमीका अनुसार आगामी दिनमा पनि विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरिनेछन् ।
