
Ddhbs
Pbu
Amb
Gsbus
Rbs
Ssbus
Nssbus7
Bksbus5
Ratbs
dsbus
gms
Gsl
Jsbus
Csbus

Gst
Rsb
Ksm
nsb
Rgs
Wsp
Ssm
Sls
Pvg
Rgu
Rgu
Sbs
Hal
Tsm
Asm
Bbu
Ggd
Vor
Bbbpu

Mks
Ptm
Pls
sab
Bml
Jmb
Abd
Rmb
bbt
Rpp
Jmb
Gsb
Syp
रोल्पा । रोल्पाबाट प्रतिनिधि सभा सदस्यमा वर्षमान पुन विजयी भएका छन् ।
नेपाली कम्युनिष्ट पार्टीका नेता पुनले अर्थशास्त्री समेत रहेका नेपाली काङ्ग्रेसका डा. सुदनकुमार वलीलाई १५ हजार ४सय ५२ मतले पराजित गर्दै विजयी भएका हुन् । उनि रोल्पाबाट लगातार तेस्रो पटक जितेका छन् ।
त्यस्तै पुनले २७ हजार ४ सय ६० मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका डा.वलीले १२ हजार ८ मत प्राप्त गरेका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका बालराम थापाले १० हजार ८ सय ९४ मत प्राप्त गरेका छन्,भने नेकपा (एमाले)का गोकुलप्रसाद घर्तीले ९ हजार ९ सय ३३ मत प्राप्त गरेका छन् ।
यस्तै रोल्पाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचन पुनको संसदीय यात्रामा यो चौथो जित हो । रोल्पा नगरपालिका-७ जंकोट माडिचौरका पुन पहिलो पटक २०६४ सालको संविधान सभा निर्वाचनमा ललितपुर–१ बाट विजयी भएका थिए । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा मोरङ-९ बाट पराजित भएका उनि २०७४ र २०७९ सालको प्रतिनिधि सभा सदस्यमा रोल्पाबाट निर्वाचित भएका थिए ।
तत्कालीन नेकपा (माओवादी) हालको नेपाली कम्युनिष्ट पार्टीमा छोटो समयमा धेरै अवसर पाउने नेताका रुपमा चिनिन्छन् । उनि नेकपा संयोजक पुष्पकमल दाहालको विश्वासपात्र नेताका रुपमा समेत परिचित छन् । २०६७ सालमा झलनाथ खलान नेतृत्वको मन्त्रिपरिषदमा शान्ति तथा पुनर्निर्माण मन्त्री भएका उनि अर्थसहित विभिन्न मन्त्रालयको जिम्मेवारी सहमालि सकेका छन् ।
यस्तै कुल खसेको ६८ हजार ९ सय १७ मत खसेकोमा ३ हजार १ सय ४४ मत बदर भएको मुख्य निर्वाचन अधिकृत विनोद खतिवडाले जानकारी दिएका छन् ।कान्तिपुर
