
Ddhbs
Ssbus
Jsbus
dsbus
Rbs
gms
Gsbus
Amb
Csbus
Pbu
Nssbus7
Gsl
Ratbs
Bksbus5

Hal
Rgu
Vor
Ksm
Asm
Rsb
Tsm
Rgs
Pvg
Ssm
Wsp
Rgu
Ggd
nsb
Bbbpu
Bbu
Sls
Gst
Sbs

Ptm
Rmb
Mks
sab
Jmb
Pls
Syp
bbt
Rpp
Bml
Abd
Jmb
Gsb
सल्यान । सल्यानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनावी प्रचारप्रसारमा संलग्न गाडीमा मदिरा र चामल लोड गरिएको अवस्थामा गाडी नियन्त्रणमा लिइएको छ ।
बनगाड–कुपिण्डे नगरपालिकास्थित सल्लिबजारमा सोमबार बिहानै खैरागारतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०१–०१८ च ०४२९ नम्बरको बोलेरो जीप प्रहरीले नियन्त्रणमा लिएको हो । सोमबार बिहान करिब ८ बजे गाडीमा रक्सी ७ कार्टुन, बियर २ कार्टुन, चामल २ बोरा र खाने तेल ३ कार्टुनसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी देवराज भट्टराईले जानकारी दिए ।
त्यस्तै पार्टीको प्रचारप्रसारमा प्रयोग भएको उक्त गाडीमा पार्टी झण्डा, ब्यानर र साउण्ड बक्स समेत रहेको थियो । मतदान नजिक आइरहेको बेला गाडीमा मदिरा र खाद्यान्न लोड गरिएकोले निर्वाचन आचारसंहिता विपरित भएको भन्दै स्थानीयमा विरोध सुरु भएको छ । घटनासँग सम्बन्धित भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा चर्चामा आएको छ।
जीप चालक नन्द रानाले उक्त सामग्री खैरागारसम्म स्थानीय व्यापारीको ढुवानीका लागि रहेको दाबी गरेका छन् । ती सामग्री कृतिबहादुर रानाको भएको बताइएको छ। रास्वपा बनगाड–कुपिण्डे नगर सभापति लोकेन्द्र वलीले प्रचारमा प्रयोग भएको गाडीमा यस्तो सामग्री राखिनु चालकको कमजोरी भएको बताएका छन् ।
त्यस्तै उनले भुलवश वा अन्जानमा भएको गल्ती स्वीकार गर्दै पार्टीलाई यसबारे कुनै जानकारी नभएको र चालकले आफ्नै विवेकमा यस्तो गरेको उल्लेख गरे पनि नियतवश नै गाडीमा मदिर र चामल राखिएको दाबी गरिएको छ । उक्त सामग्रीसहितको गाडी प्रहरी नियन्त्रणमा रहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
