
gms
Csbus
Amb
Rbs
Pbu
Ratbs
Jsbus
Ddhbs
Gsl
Ssbus
Nssbus7
Bksbus5
dsbus
Syees
Gsbus
syysr

Gst
nsb
Vor
Bbbpu
Bbu
Pvg
Sls
Wsp
Rgs
Rgu
Ggd
Rsb
Hal
Ssm
Ksm
Asm
Tsm
Sbs
Rgu

Gsb
sab
Jmb
Syp
Abd
Mks
Bml
Rpp
Pls
Ptm
Rmb
Jmb
bbt
काठमाडौं । इरान र इजरायल बीचको युद्धले अब खाडी क्षेत्रका अन्य शान्त मुलुकहरुलाई पनि सिधै चपेटामा पारेको छ । इरानको होर्मोज्गान प्रान्तस्थित मिनाब सहरमा रहेको एक प्राथमिक बालिका विद्यालयमा इजरायलले गरेको हवाई आक्रमणमा परी पाँच जना विद्यार्थीको मृत्यु भएको छ ।
इरानी सरकारी समाचार एजेन्सी इरनाका अनुसार निर्दोष बालिकाहरू पढिरहेको विद्यालयलाई निशाना बनाइएपछि इरानभित्र आक्रोश चुलिएको छ । यसैबिच इरानले इजरायलमाथि मिसाइलको नयाँ लहर प्रहार गरेको छ,जसका कारण तेल अभिभसहित इजरायलका विभिन्न सहरमा शक्तिशाली विस्फोटका आवाजहरु सुनिएका छन् ।
इजरायली सेनाले इरानबाट ठूलो संख्यामा मिसाइलहरु प्रहार भएको पुष्टि गर्दै देशभर चेतावनीका साइरनहरू बजाएको छ । सेनाले आफ्ना वायुसेनाका विमानहरूले ती मिसाइललाई आकाशमै नष्ट गर्ने प्रयास गरिरहेको बताए पनि सुरक्षा पूर्ण रुपमा अभेद्य नरहेको स्वीकार गरेको छ । इजरायलले आफ्ना नागरिकहरुलाई सुरक्षित स्थानमा रहन र होम फ्रन्ट कमाण्डुको निर्देशन कडाइका साथ पालना गर्न आग्रह गरेको छ । यता कतारको राजधानी दोहामा पनि दोस्रो चरणको आक्रमणका क्रममा नयाँ विस्फोटहरु सुनिएका छन् । कतारको रक्षा मन्त्रालयले आफ्नो भूमिमा लक्षित सबै मिसाइलहरुलाई खसालेको दाबी गरेको छ ।
कतारको परराष्ट्र मन्त्रालयले इरानी ब्यालिस्टिक मिसाइल आक्रमणको कडा शब्दमा भर्त्सना गर्दै यसलाई राष्ट्रिय सार्वभौमसत्ताको घोर उल्लंघन र क्षेत्रीय स्थिरतामाथिको गम्भीर प्रहार भनेको छ। कतारले अन्तर्राष्ट्रिय कानुनअनुसार यस आक्रमणको जवाफ दिने अधिकार आफूसँग सुरक्षित रहेको चेतावनी दिएको छ।
यस्तो अर्कोतर्फ, साउदी अरबले पनि संयुक्त अरब इमिरेट्स (यूएई), बहराइन, कतार, जोर्डन र कुवेतमाथि इरानले गरेको आक्रमणको कडा निन्दा गरेको छ। साउदीले राज्यको सार्वभौमसत्ता र अन्तर्राष्ट्रिय कानुनको उल्लंघनले भयावह परिणाम निम्त्याउने चेतावनी दिएको छ । युद्धको यो भयावह रुपले मध्यपूर्वका धेरै मुलुकहरूलाई प्रत्यक्ष युद्धको मैदानमा परिणत गरिदिएको छ ।
त्यस्तै एकातिर इरानले आफ्ना विद्यालय र नागरिक क्षेत्रमा भएको क्षतिको बदला लिन मिसाइल वर्षा गरिरहेको छ भने अर्कोतिर इजरायल र अमेरिकाले इरानको सैन्य क्षमता ध्वस्त पार्ने भन्दै आक्रमण तीव्र पारेका छन् । खाडी मुलुकहरूले आफ्नो सुरक्षाका लागि प्याट्रियट जस्ता रक्षा प्रणाली सक्रिय पारेका छन्, जसले गर्दा पूरै क्षेत्रको आकाश मिसाइल र विस्फोटको आवाजले गुञ्जिरहेको छ ।
